२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्सामा डुबेर मर्नेको संख्या छ पुग्यो

२०७४, ३२ श्रावण बुधबार १३:१३

साउन ३२, पर्सा । अविरल वर्षाका कारण पर्सामा आएको बाढीमा डुबेर मर्नेको संख्या छ पुगेको प्रहरीले जनाएको छ । 

यही साउन २६ गतेदेखि ३० गतेसम्म लगातार परेको अविरल वर्षाको कारण जिल्लामा रहेको खोलाको पानी मानव वस्तीमा प्रवेश गर्दा आएको बाढीमा डुवी दुई भारतीयसहित छजनाको मृत्यु भएको हो । 

बाढीमा डुवेर मृत्यु हुनेमा भारतको विहार घर भई पर्साको जगरनाथपुर गाँउपालिका–२ बस्दै आएका नुरा खातुन र रामस्वरुप माझी तथा पर्सा सुवर्णपुर गाँउपालिका–२ हनुमानटारका कृपा बस्नेत, जगरनाथपुर–५ मसिहानीका वासुदेव हजरा, जगरनाथपुर गाँउपालिका–१ का बुनिलाल महतो र सिर्सिया खोलाबाट पहिचान खुल्न नसकेका एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

साउन २८ गते सिक्टा नहरको पर्खालमा च्यापिएर खातुनको मृत्यु भएको थियो भने साउन २८ र २९ गते खोलामा डुवेर बेपत्ता भएका महतो, हजरा र माझीको शव साउन ३० गते जिल्लाका विभिन्न स्थानबाट प्रहरीले बरामद गरेको थियो । 

त्यस्तै, हनुमानटारमा खोलामा आएको बाढीले बनाएको खाल्डोमा आज बिहान डुबी आठ वर्षीय बालक बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना