भदौ १, काठमाडौं । काठमाडौँको तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी टोलमा एक युवती मृत अवस्थामा फेला परेकी छिन ।
बुधबार बिहान श्रीमान्सँग झगडा गरेकी १८ वर्षीया दीपा कुवँर परियार साँझ मृत अवस्थामा फेला परेकी हुन्।
श्रीमान् किसन परियार विहान श्रीमतीलाई पिटेर काममा हिडेका दीपाका दाजु कुमार कुँवरले बताए । उनले भने, 'श्रीमान्ले विहानै श्रीमतीलाई पिटेर काममा हिडेका थिए । साँझमा छिमेकीहरुले श्रीमती मृत अवस्थामा फेला पारे ।'
श्रीमती मृत अवस्थामा फेला परेपछि किसन परियारलाई गौशाला प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । मृत श्रीमतीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ । दीपाले एक वर्षअघि किसनसँग भागेर विवाह गरेकी थिइन् ।