भदौ १, विराटनगर । विराटनगर विमानस्थल भदौ ३ गतेदेखि पूर्ववतरुपमा सुचारु हुने भएको छ । 

साउन २७ र २८ गते बाढीको पानीले गर्दा विमानस्थल डुबानमा परे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १, विराटनगर । विराटनगर विमानस्थल भदौ ३ गतेदेखि पूर्ववतरुपमा सुचारु हुने भएको छ । 

साउन २७ र २८ गते बाढीको पानीले गर्दा विमानस्थल डुबानमा परे"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विराटनगर विमानस्थलमा लेदो हटाउन सेना परिचालन

२०७४, १ भाद्र बिहीबार ०६:४५


भदौ १, विराटनगर । विराटनगर विमानस्थल भदौ ३ गतेदेखि पूर्ववतरुपमा सुचारु हुने भएको छ । 

साउन २७ र २८ गते बाढीको पानीले गर्दा विमानस्थल डुबानमा परेपछि विमान सेवा अवरुद्ध भएको हो । विराटनगर विमानस्थलमा जमेको हिलो निकाल्नका लागि नेपाली सेना परिचालन भएको छ । करिब २०० को संख्यामा खटेका नेपाली सेनाका टोली आलोपालो गरी लेदो हटाउनेलगायतका कार्यका जुटेका छन् । 

यस सम्बन्धमा नागरिक उड्डयन कार्यालय, विराटनगरका प्रमुख सुरेशमान सिंहले मौसमले साथ दिएमा भदौ ३ गते अपराह्नदेखि नियमित उडान सुचारु हुने जानकारी गराउनुभयो । 

वर्षा र बाढीबाट भएको क्षतिको अहिले तथ्याँक संकलन कार्य नगरिएको र यतिखेर विमान सेवा सुचारु गर्नेतर्फ मात्र ध्यान केन्द्रित गरिएको उहाँले बताउनुभयो । 

विमान उडान र अवतरणका लागि दिशानिर्देश गर्ने भिओआर उपकरणमा कुनै क्षति नभएकाले लेदो पखालेपछि नियमित उडान गर्न सकिने प्रमुख सिंहले थप्नुभयो । 

हटाइएको हिलोलाई व्यवस्थापन गर्नका लागि एउटा डोजर, दुईवटा ट्र्याक्टर र चारवटा दमकल परिचालन गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना