भदौ १, महोत्तरी । महोत्तरीमा अहिलेसम्म बाढीमा परी पाँच जनाको मृत्यु भएको छ । 

बुधबार मनरा गाउँपालिकामा ५० वर्षीय एक पुरुषको शव फेला परेसँगै बाढीम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १, महोत्तरी । महोत्तरीमा अहिलेसम्म बाढीमा परी पाँच जनाको मृत्यु भएको छ । 

बुधबार मनरा गाउँपालिकामा ५० वर्षीय एक पुरुषको शव फेला परेसँगै बाढीम"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महोत्तरीमा बाढीबाट ज्यान गुमाउनेको सख्या पाँच पुग्यो

२०७४, १ भाद्र बिहीबार ०७:२१


भदौ १, महोत्तरी । महोत्तरीमा अहिलेसम्म बाढीमा परी पाँच जनाको मृत्यु भएको छ । 

बुधबार मनरा गाउँपालिकामा ५० वर्षीय एक पुरुषको शव फेला परेसँगै बाढीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको हो । सो पुरुषको शव अहिलेसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

यसभन्दा अगाडि जिल्लाको भंगहा गाउँपालिका–७ मा बाढीको पानीमा करेन्ट लागेर अन्दाजी ४० वर्षीय महेश सिंह, धनुषा घर भई जलेश्वर–८ बजराहीमा छोरीको घर आएका ६५ वर्षीय शिव महरा, लोहारपट्टी–१ मा बाढीमा बेपत्ता भएका इन्दल महरा र जलेश्वर–२ खैराचोकका १५ वर्षीय विक्कीकुमार ठाकुरको मृत्यु भइसकेको छ । 

त्यस्तै, बाढीमा बगेर बेपत्ता भएका थप एकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । महोत्तरीमा बाढी आएपछि सयाँै घर पूर्ण क्षतिग्रस्त भएको प्रहरीको प्रारम्भिक तथ्याँकले देखाएको छ । 

क्षतिबारे विवरण संकलन गर्न खटिएको प्रहरीको पहिलो दिनको युनिटले महोत्तरीमा हालसम्म ५६८ घर पूर्ण क्षतिग्रस्त भएकोे जनाएको छ । त्यस्तै, ३८२ घरमा आंशिक क्षति पुगेको प्रहरीको प्रारम्भिक तथ्याँक छ । तथ्याँक संकलन कार्य विभिन्न युनिटले द्रुतगतिमा गरिरहेकाले एक दुई दिनभित्र नै महोत्तरीमा बाढीपीडितको पूर्ण विवरण संकलन भइसक्ने महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो । 

महोत्तरीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विभिन्न युनिट बनाई जिल्लाका बाढी प्रभावित क्षेत्रमा बचाउ र उद्धार कार्य गरिरहेको दैवी प्रकोप उद्धार समितिले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना