१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुस्ताबासीले भारतीय सीमाको बाँध भत्काईदिए

१ भाद्र २०७४, बिहीबार १०:३८


श्याम थापा/भदौ १, नवलपरासी । पश्चिम गण्डक नहरका कारण डुबानमा परेको भन्दै सुस्ताबासीले भारततर्फ जाने नहरको बाँध भत्काएका छन् । 

जिल्लाको सुस्ता गाउँपालिकाको वडा न.१ र वडा न.२ डुबान परेपछि स्थानियबासीहरुले भारतिय पश्चिमी नहरलाई भत्काउने प्रयास गरेका छन भने नेपाल प्रहरी प्रशासनले भने यो कार्यलाई रोक लगाएको छ । 

सुस्ता गाउँपालिका वडा न.१ र वडा न. २ को स्थानियबासीहरुको घरबास पानीले उठिबास गर्न लागेपछि र स्थानियबासीहरुको १ हजार बिगाहा भन्दा बढी धानबाली पनि नष्ट गर्न थालेपछि पानीको निकास निकाल्नको लागी भारतिय पश्चिमी नहर भत्काउन थालिएको स्थानियबासीहरुले बताएका छन । 

झण्डै २०० को संख्यामा रहेका सुस्ताबासीले ८/१० मिटर बाँध भत्काइसको बताइएको छ । तर स्थानीय प्रशासनले बाँध भटकाउन रोकेको बताइएको छ ।

लगातार अबिरल बर्षाको कारणले पानीको निकाश नहुदा सुस्ता गाउँपालिकाको वडा न.१ अन्र्तगत बरुवा, छिबनी, फेचुहा र रुपौलिया त्यसतै गरि वडा न.२ अन्र्तगतको सत्तपति र महलबारी गरि १ हजार बिगाहा भन्दा बढी धानबाली र नगदेबाली उखुँ नष्ट भएको छ । 

साथै आफुहरु र आफ्नो खेतीपातीहरु बर्षेनी यसरी नै डुबानमा पर्ने गरेको सुस्ता गाउँपालिका वडा न.१ छिबनी बस्ने बाबुराम सुबेदीले बताएका छन । सो डुबानबाट बच्नको लागी भारतिय नहरमा एउटा साईफन बनाउनु गर्ने पनि सुबेदीले बताए । 

यस बिषयमा पटक पटक नेपाली प्रशासनलाई भन्दा पनि कुनै सुनुवाई नभएको स्थानियबासीहरुले गुनासो पनि गरेका छन । भारतिय पश्चिमी नहरमा पानी निकासका लागी सईफन वा अटोमेटिक फाटक बनाउनु पर्ने एउटै बिकल्प मात्र रहेको सुस्ता गाउँपालिका कार्यालय कुडिया नवलपरासीका गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले बताएका छन । 

आफुहरु डुबानमा पर्ने र पानीको निकास निकाल्न खोज्दा प्रहरीहरुले रोक लगाउने कार्य निन्दाजनक भएको सुस्ता गाउँपालिका वडा न.१ का वडा सदस्य ज्ञानु न्यौपानेले आपती पनि जनाएका छन । 

आफुहरुलाई यो समस्याबाट मुक्त गराईदिनको लागी सरोकारवालहरुलाई स्थानियबासीहरुले अनुरोध पनि गरेका छन ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु