भदौ १, काठमाडौँ । समाज सेवा, राहात एवं उद्धारका कारण लोकप्रिय बनीरहेका कलाकार सिताराम कट्टेल (धुर्मुस) ले ६ महिनादेखि थलिएकी रत्नेदेवी माझीलाई अस्पताल पुर्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १, काठमाडौँ । समाज सेवा, राहात एवं उद्धारका कारण लोकप्रिय बनीरहेका कलाकार सिताराम कट्टेल (धुर्मुस) ले ६ महिनादेखि थलिएकी रत्नेदेवी माझीलाई अस्पताल पुर्य"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुर्मुसले गरे अर्को मनछुने काम (भिडियोसहित)

२०७४, १ भाद्र बिहीबार १२:२६


भदौ १, काठमाडौँ । समाज सेवा, राहात एवं उद्धारका कारण लोकप्रिय बनीरहेका कलाकार सिताराम कट्टेल (धुर्मुस) ले ६ महिनादेखि थलिएकी रत्नेदेवी माझीलाई अस्पताल पुर्याएर उद्धार गरेका छन् । 

तराई डुबेपछि राहात र उद्धारका लागि सर्लाही पुगेका उनले जीवन मरणको दोसाँधमा रहेकी लालबन्दी ५ बेतीनी, माझी गाउँकी रत्नेदेवीलाई उपचारका लागि बर्दिबास जनसेवा अस्पतालमा भर्ना गरेका हुन् । 

राहात सामग्री र मेडिकल टोलीसहित सर्लाही लालबन्दी पुगेका धुर्मुसले त्यस क्षेत्रका बाढी पिडितलाई राहात वितरण गरे । माझी गाउँमा रहेका २६ परिवारमध्ये कतिपय पिडितहरु राहात लिनबाट बञ्चीत भएको हुनसक्ने भन्दै बस्ती धुर्मुसले रत्नेदेवीलाई भेटेका हुन् । 

राहात सामग्री लिन जान समेत नसकेकी उनको हात, खुट्टा डढेको देखेपछि आफुले वर्षौँ अघि दालले पोलेर डेढ महिना थलिएको पिडा सम्झेको बताएका छन् । आगोले पोल्दाको पिडा मैले राम्रोसँग अनुभव गरेको छु, त्यसैले रत्नेदेवीलाई अस्पताल पुर्याएको धुर्मुसले बताए । 

६ महिना अघि लुगाबाट सल्कीएको आगोले रत्नेदेवीको पुरै शरिर डढेपछि सामान्य उपचार गरिएको थियो । तर, चरम गरिबीका कारण गतिलो उपचार हुन नसक्दा उनको हातखुट्टा नशा समेत खुम्चीसकेको देखेपछि धुर्मुस सुन्तली फाउण्डेशन, बर्दिबासका होटल व्यवसायी हिरा गौतम र मेडिकल टोलीले उनको उपचारका लागि अस्पताल पुर्याएको हो । 

अस्पतालमा उपचार पछि रत्नेदेवी घाउ निको हुने भएपनि खुम्चीएका नशालाई सोझ्याउन भने अपरेशन गर्नु पर्ने डक्टरले बताएका छन् । त्यसका लागि उनलाई केहि दिनपछि काठमाण्डौँ पठाइने फाउण्डेशनका अध्यक्षसमेत रहेका कट्टेलले बताएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना