२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बूढानीलकण्ठमा महिलाको हत्यामा संलग्न नुवाकोटका युवक पक्राउ

२ भाद्र २०७४, शुक्रबार १२:४५

भदौ २, काठमाडौँ । गत साउन १२ गते बूढानीलकण्ठ नगरपालिका–१ तौलुङस्थित एक महिलाको हत्या गरी घरमा रहेको सुन, चाँदी लगायतका गहना लुट्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

छोरी गीता ढकालको घरमा बस्ने रसुवाको उत्तरगया गाउँपालिका–५ की ५५ वर्षीया पार्वती ढकालको हत्यामा संलग्न अभियुक्त काठमाडौँ तारकेश्वर बस्ने नुवाकोटको ककनी गाउँपालिका–२ का ३० वर्षीय सुदामा लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो । 

लामिछानेलाई महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले कपिलवस्तुबाट गत साउन ३२ गते पक्राउ गरी आज महाशाखामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । 

अभियुक्त लामिछानेले लुटेको गहना वनस्थली नर्सरीचोकस्थित दीपज्योती सुनचाँदी पसलमा रु एक लाख १५ हजारमा बिक्री गरी कपिलवस्तुमा गई लुकीछिपी बस्दै भारततर्फ जानका लागि भारतीय रुपैयाँ समेत सटही गरी बसेका अवस्थामा पक्राउ गरिएको यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो । 

उक्त घटनाको अनुसन्धानका क्रममा गीताको घरमा करिब एक हप्ता काम गरी रु एक हजार लिएर काम छोडी हिँडेका लामिछानेले दुई हप्तापछि विदेश जान लागेको भन्दै मृतक पार्वतीसँग पैसा मागेको तर पैसा नभएको भनेपछि फर्किएर गएको खुलेको छ । 

त्यसको केही दिनपछि बालाजुस्थित होटलमा साथीसँगै बसेर गीताको घरमा लुटपाट गर्ने योजना बनाई उक्त दिन घरमा पुगेर मृतक पार्वतीलाई ह्याम्मर प्रहार गरी दराजमा रहेको सुनको चुरा दुई थान, बाला दुई थान, औँठी दुई थान, लकेटसहितको सिक्री एक थान, झुम्का एक जोर गरी करिब २७ तोला सुन, आइप्याड एक थान र घडी एक थानसमेत लुटी फरार भएका थिए । 

हत्याका क्रममा लामिछानेसँग साथमा रहेका नाम र वतन नखुलेका ‘भरौटे’ भन्ने व्यक्तिलाई अझै पक्राउ गर्न नसकिएको र उनको खोजी जारी रहेको वरिष्ठ उपरीक्षक अमात्यले जानकारी दिनुभयो । 

गीता ढकालको ट्याब, गहना पगालेको सुन २३.४३ ग्राम र भारत जानका लागि साटेको भारतीय रुपैयाँ २९ हजारसमेत बरामद गरी पक्राउ परेका लामिछानेलाई आवश्यक कानुनी कारबाहीका लागि महाशाखाले महानगरीय प्रहरी वृत्त महाराजगन्ज पठाएको छ । 

साथै अभियुक्त लामिछानेले ल्याएका बिल नभएका सुनका गरगहना बिक्री वितरणमा संलग्न अन्य दुई जना र खरिद गर्ने सुन पसले समेतका तीन जनालाई समेत प्रहरीले पक्राउ गरेको छ । उक्त सुनका गरगहना दीपज्योति सुनचाँदी पसलका सञ्चालकले पगालीसकेका अवस्थामा बरामद भएको छ । 

निज लामिछाने विसं २०६३ असोजमा जबर्जस्ती करणी (अप्राकृतिक मैथुन) मुद्दामा पक्राउ परी आठ वर्ष जेल सजायसमेत भुक्तान गरी विसं २०७१ मा छुटेको समेत महाशाखाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि रिहा भएपछि सूर्य थापाको टिप्पणी – ६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई! रास्वपा कास्कीले माग्यो माफी लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य आज संघीय संसदका ५ वटा समितिको बैठक बस्दै रुपन्देहीमा विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादी पक्राउ भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलिनुपर्छ, जोकोहीमाथि छानविन हुनुपर्छ: डा.डिला संग्रौला अमेरिकाको भर्जिनियामा कार पोखरीमा खस्दा २ नेपालीको मृत्यु हेर्नुहोस ! शुक्रबारको विदेशी मुद्राको विनिमय दर रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै यस्तो रहने छ आज शुक्रबारको मौसम ! सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा