भदौ ३, काठमाडौँ । नेपाल पत्रकार महासंघको २५औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि शनिबारदेखि निर्वाचन प्रक्रिया शुरु हुने भएको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ३, काठमाडौँ । नेपाल पत्रकार महासंघको २५औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि शनिबारदेखि निर्वाचन प्रक्रिया शुरु हुने भएको छ । 

<"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महासंघको नयाँ नेतृत्वकालागि निर्वाचन प्रक्रिया शुरु

३ भाद्र २०७४, शनिबार १३:५८


भदौ ३, काठमाडौँ । नेपाल पत्रकार महासंघको २५औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि शनिबारदेखि निर्वाचन प्रक्रिया शुरु हुने भएको छ । 

निर्वाचन समितिका संयोजक चिरिञ्जीवी खनालले शनिवार विहान १० बजेदेखि निर्वाचन कार्यतालिका शुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार उम्मेदवारी मनोनयन प्रज्ञा प्रतिष्ठान, कमलादीस्थित महाधिवेशन स्थलमा आइतबार दिउँसो १२ देखि ३ बजेसम्म हुने भएको छ । 

शनिबार १० बजे मतदाता नामावली प्रकाशन, १० देखि १२ बजेसम्म मतदाता नामावलीमाथि विरोध, दिउँसो ३ देखि ४ बजेसम्म मतादाताको नामावलीमाथि दाबी विरोध राखिएको थियो । 

समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन ३ बजेर ४५ मिनेटमा गरेको छ । नेतृत्वका लागि सोमबार बिहान ९ बजेदेखि साँझ ३ बजेसम्म मतदानको समय तोकिएको समितिका संयोजक खनालले जानकारी दिनुभयो । मतगणना भने महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा हुनेछ । 

महाधिवेशनले महासंघको ४५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । करिब एक हजार ५१५ प्रतिनिधि मतदान प्रक्रियामा सहभागी हुनेछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु