भदौ ६, काठमाडौ । अविरल वर्षातले डुवानमा परेका पिडित तराईवासीलाई सामाजिक संजाल टुईटर प्रयोगकर्ताले राहत पुर्‍याएका छन । 

बाढी पिडितको लागि सहयोगी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ६, काठमाडौ । अविरल वर्षातले डुवानमा परेका पिडित तराईवासीलाई सामाजिक संजाल टुईटर प्रयोगकर्ताले राहत पुर्‍याएका छन । 

बाढी पिडितको लागि सहयोगी "/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तराई बाढी पीडितलाई टुईटर सहयोगी समाजको राहत

५ भाद्र २०७४, सोमबार ०८:०६


भदौ ६, काठमाडौ । अविरल वर्षातले डुवानमा परेका पिडित तराईवासीलाई सामाजिक संजाल टुईटर प्रयोगकर्ताले राहत पुर्‍याएका छन । 

बाढी पिडितको लागि सहयोगी समाज नामबाट राहत संकलनमा सहयोग गर्न सबैलाई आह्लान गरि सामग्री संकलन तथा सम्बन्धित पीडितलाई पुर्‍याएको संजालका अभियान्त बिनोद पौडेललेले जनाए । 

सरकार नपुगेको ठाउँमा समेत पिडितहरुलाई सहयोग पुर्‍याउदै आएको जनाउदै सप्तरीको गोबरगाढा र मानराजामा बाटोको अवरोधसंग जुत्दै पिडितहरुको घाउमा मल्हमपट्टी लगाउन पुगेको उनले बताए । 

त्यस्तै दोश्रो पटक सप्तरीकै कंकालिनी गाउपालिका ७ का बाढी पिडितलाई तीन गाडी आवश्यक सामग्री वितरण गरेको छ । गरिविको चपेटासंगै प्राकृति प्रकोपले उथलपुथल बनाएको झुपडीमा दैनिक हातमुख जोड्न मुस्किल भएको अवस्थामा राहत प्राप्त गर्न पाउद बाढी पीडितहरुको चेहरामा उज्यालो छाएको छ । 


सप्तरीका करिव ५ सय घरपरिवारका लागि राहतमा खाद्यान्न, लत्ताकपडा, झुल, त्रिपाल लगाएत जिवनजल, पीयूष जस्ता सामग्री वितरण गरेको  

सबै जलमग्न र कटानका कारण आवाज जवात गर्न  समेत कठिनाइ भएको स्थानीयहरु बताउछन् । सरकारले राहतको कुरा गरे पनि समयमा नपुग्दा निराशा बनेका पीडितहरुलाई सहयोगी समाजको राहत पुग्दा खुशी भएको त्यहाको ईलाका प्रहरी सहाय निरीक्षक भावनी ठाकुरले सुनाए । उनले राहत व्यावस्थित र वास्तविक पीडितलाई मात्रा पुर्‍याउन आफू सहित प्रहरी साथीहरू चर्को घामपानीको प्रवाह नगरी खटिरहेको बताए । 



त्यस्तै सहयोगि समाजको समूहले रौतहटको बाढी पीडितलाई पनि साथ दिएको छ । १५० घरपरिवारलाई अस्थायी बसोबासका लागि त्रीपाल, झुल र खाद्यान्नको व्यवस्थापन गरेको समाजले जनाएको छ । 

सहयोगी समाजको प्रतिनिधित्व गर्दै समाजका सदस्यहरु अक्षरकाका, बिनोद पौडेल, पुरुषोत्तम पोख्रेल, भिम लामा, सरु थापा दिनेश गौतम दिपिका  लगाएतले बाढी ग्रसित क्षेत्रमा राहत वितरण गरेको भिम लामाले जनाए । 

शैक्षिक चेतनाको अभाव र सामाजिक विभेदको कारणले अव्यवस्थित बसोबास रहेको र मानवीय स्वास्थ्यमा समेत असर पुग्ने भएकोले समाधानका लागि  राज्यको चासो हुनुपर्ने सामाजिक अभियन्ता भिम लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु