भदौ ५, धनगढी । धनगढी–डडेलधुरा (भीमदत्त)राजमार्गअन्तर्गत पर्ने कैलालीको खानीडाँडा सडकखण्डमा आज दिउँसो ना४ख५६३५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ५, धनगढी । धनगढी–डडेलधुरा (भीमदत्त)राजमार्गअन्तर्गत पर्ने कैलालीको खानीडाँडा सडकखण्डमा आज दिउँसो ना४ख५६३५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएक"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कैलाली बस दुर्घटना अपडेट: दुईको मृत्यु, १८ जना घाइते

५ भाद्र २०७४, सोमबार ११:३१


भदौ ५, धनगढी । धनगढी–डडेलधुरा (भीमदत्त)राजमार्गअन्तर्गत पर्ने कैलालीको खानीडाँडा सडकखण्डमा आज दिउँसो ना४ख५६३५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

दुर्घटनामा दुई बालकसहित १८ जना घाइते भएका छन् । खानीडाँडा प्रहरी कार्यालयका सइ विनोद जोशीका अनुसार दुर्घटनामा परी डोटी जिल्ला साविक गडसेरा गाविस–३ का अन्दाजी ७१ वर्षीय नरबहादुर देउवाको मृत्यु भएको छ । 

दुर्घटनामा परेको बसमा च्यापिएको अवस्थामा देउवाको शव निकालिएको सइ जोशीले बताउनुभयो । घाइते हुनेमध्ये थप एक जनाको पनि मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । 

घाइतेलाई पद्मा अस्पताल अत्तरियामा भर्ना गरिएको छ । धनगढीबाट डोटीको बिपीनगरतर्फ गइरहेको उक्त बस खानीडाँडामा सडकबाट झण्डै ६० मिटर तल खसेर दुर्घटना भएको हो । 

उकालो र मोड भएको सडकमा अचानक ब्रेकले काम गर्न नसकेपछि बस दुर्घटना भएको चालकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु