भदौ ६, काठमाडौं । बझाङमा एकाविहानै भूकम्पको कडा धक्का महसुस गरिएको छ ।
विहान ६ बजेर ३५ मिनेटमा बझाङको कोइरालाकोटको दक्षिणपूर्व ६ किलोमिटरको दूरीमा केन्द्र विन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको कडा धक्का महसुस भएपछी सर्बसाधारणहरू कराउदै घर बाहिर निस्किएका थिए । भूकम्पले क्षति भए नभएको बारे जानकारी आइसकेको बताइएको छ ।