2026-09-19 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनप्रतिनिधिले भने- भोट अर्कैलाई हाल्ने, राहत हामीसँग माग्ने ?

भदौ ७, सुनसरी । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिका–१० कि कुसमीदेवी रामको एक हप्ता अगाडि आएको विनाशकारी बाढीले घरमा भएको सबै थोक बगायो । तर उनले अहिलेसम्म राहत पाउन सकेकी छैनन् ।

कारण थियो, उनले दोस्रो चरणको स्थानीय तहमा गरेको मतदान । आफू एक पार्टीमा सक्रिय भएको र आफ्नो वडामा अर्कै पार्टी विजयी भएका कारण आफूलाई राहत नदिएको उनले गुनासो गरिन् ।

कुसुमदेवीकै जस्तो गुनासो अर्की बाढीपीडित भनमन्ता रामको पनि छ । उनले पनि एक साता अगाडि आएको बाढीबाट पूर्ण प्रभावित भए पनि राजनीतिमा फरक आस्थाकै कारण राहत पाएकी छैनन् ।

राहतमा भएको विभेदका प्रतिनिधि पात्र मात्रै हुन् यी दुई । इनरुवा–१० जल्पापुरमा रहेका करिब ३० परिवारले अहिलेसम्म राहत पाएको छैन । सबैको कारण एउटै हो–स्थानीय तहको निर्वाचनमा अर्कै पार्टीलाई गरेको मतदान ।

एक साता अगाडि आएको बाढीबाट पीडित बनेर भोकभोकै बस्दासमेत आफूहरुलाई राजनीतिक र जातीय विभेद गरेको तथा चुनावमा भोट नदिएको भन्दै जनप्रतिनिधिले समेत विभेद गरेको स्थानीय सुवालाल रामले बताए ।

वडामा नेकपा (एमाले) विजयी भयो, तर वडा अध्यक्षले राहतै नदिएको स्थानीय मोहमद जावेद अख्तर बताउँछन् । यता वडा अध्यक्ष मोहमद सुल्तान त्यो कुरालाई ठाडै अस्वीकार गर्छन् ।

आफूले वडागतरुपमा राहत वितरण गर्दै आएको उनले बताए । आफूले राहतमा कुनै राजनीति नगरेको उनले बताए । आफूले क्रमिकरुपमा राहत वितरण गर्ने कामलाई निरन्तरता दिएको उनले प्रतिक्रिया दिए ।

तर वडा अध्यक्ष सुल्तानको कुरालाई स्वीकार गर्न तयार छैनन् स्थानीय । आफू राहत वितरण गरिरहेको बेला राहतका लागि वडा कार्यालयमा गएको र राहत माग्दा तैले अर्कै पार्टीलाई मतदान गरेका कारण दिन नमिल्ने प्रतिक्रिया पाएको रामले दुखेसो पोखिन् ।

गाउँमा सञ्चारकर्मी पुग्दा पीडित रुवाबासी गर्दै र केही भक्कानिँदै आफूहरुलाई राहत र बसोबासको वातावरण मिलाइदिन माग गरेका थिए । त्यसैले दुःख परेको बेला कसैलाई विभेद नगरी राहत वितरण गर्नु पर्ने आवश्यकता देखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई