३१ जेष्ठ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

११ जेष्ठ २०८२, शनिबार १३:१८

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ७५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ५०, आलु रातो प्रतिकिलो ४०, आलु रातो (भारतीय) प्रतिकिलो ३८, आलु रातो (मुडे) प्रतिकिलो ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८, गाजर (लोकल) प्रतिकिलो ५०, गाजर (तराई) प्रतिकिलो ३० रहेको छ ।

बन्दा (लोकल) प्रतिकिलो १५, काउली (स्थानीय) प्रतिकिलो ३०, मूला रातो प्रतिकिलो ३०, मूला सेतो (लोकल) प्रतिकिलो १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो २५, भन्टा डल्लो प्रतिकिलो ३०, तने बोडीको मूल्य प्रतिकिलो ७०, मकै बोडी मूल्य प्रतिकिलो ५० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो ९०, घिउ सिमी (लोकल) प्रतिकिलो ३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ३०, राजमा मूल्य प्रतिकिलो १००, भटमास कोसा प्रतिकिलो १००, तितो करेला प्रतिकिलो ५०, लौका प्रतिकिलो २०, परबर (लोकल) प्रतिकिलो ६०, परबर (तराई) प्रतिकिलो ६०, चिचिण्डो प्रतिकिलो ३५, घिरौला प्रतिकिलो ३५, झिगुनी प्रतिकिलो ६०, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो २५, भिण्डी प्रतिकिलो ३० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, पिँडालु प्रतिकिलो १२०, रायो साग प्रतिकिलो ५०, पालुङ्गो साग प्रतिकिलो ६०, चमसुरको साग ८०, तोरीको साग प्रतिकिलो ३०, मेथीको साग प्रतिकिलो १००, प्याज हरियो प्रतिकिलो ५०, च्याउ (कन्य) प्रतिकिलो १८०, च्याउ (डल्ले) प्रतिकिलो ३००, कुरिलो प्रतिकिलो ७००, निगुरो प्रतिकिलो २५ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो ७०, चुकुन्दर प्रतिकिलो ७०, सजीवन प्रतिकिलो ९०, जिरीको साग प्रतिकिलो ९०, ग्याठकोभी प्रतिकेजी ६०, सेलरी प्रतिकिलो १८०, पार्सले प्रतिकिलो ४००, सौफको साग प्रतिकिलो १००, पुदिना प्रतिकिलो १५०, गान्टे मूला प्रतिकिलो ४०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १४० र गुन्द्रुक प्रतिकिलो ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फूजी) प्रतिकिलो ३००, केरा (दर्जन) १५०, कागती प्रतिकिलो २४०, अनार प्रतिकिलो ३५०, आँप (दशहरी) प्रतिकिलो २५०, अङ्गुर (हरियो) प्रतिकिलो २००, अङ्गुर (कालो) प्रतिकिलो ३५०, तरबुजा (हरियो) प्रतिकिलो ४०, मौसम प्रतिकिलो २००, जुनार प्रतिकिलो २०० रहेको छ ।

भुइँकटहर प्रतिगोटा २००, काँक्रो (लोकल) प्रतिकिलो ४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो २०, रुख कटहर प्रतिकिलो ७०, नास्पाती (चाइनिज) प्रतिकिलो २५०, मेवा (भारतीय) प्रतिकिलो १००, लिची (लोकल) प्रतिकिलो २००, आभोकाडो प्रतिकिलो ८०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो १२०, खुर्सानी सुकेको प्रतिकिलो ४००, खुर्सानी हरियो प्रतिकिलो ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो ३५, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ३५०, भेडे खुर्सानी प्रतिकिलो ६०, लसुन हरियो प्रतिकिलो १००, हरियो धनिया प्रतिकिलो ५० रहेको छ ।

लसुन सुकेको चाइनिज प्रतिकिलो ३००, लसुन सुकेको नेपाली प्रतिकिलो २००, छ्यापी सुकेको प्रतिकिलो २००, छ्यापी हरियो प्रतिकिलो १५०, ताजा माछा (रहु) प्रतिकिलो ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो ३२०, ताजा माछा (छडी) प्रतिकिलो २४०, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउ प्रतिकिलो ८०० तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अहमदावाद दुर्घटनाः ब्ल्याक बक्स भेटियो भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीको आईपीओ नरोक्न अर्थ समितिको निर्देशन गृहमन्त्री भने – नियोजित र राजनीतिक आक्रमण गर्न खोजिएको हो माइतीघरबाट नेकपा बहुमत निकट ७ विद्यार्थी पक्राउ माओवादीको साथ पाएपछि पेलेर अघि बढे सभामुख पुँजीको पहुँच र उद्यमीहरूको विकासमा राष्ट्र बैंकले सहजीकरण गर्छ : गभर्नर पौडेल प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाको विरोध, टेबुल ठटाउँदै उठे टाइफुन वुटिप नजिकिँदै जाँदा चीनको हाइनानमा दशौँ हजारलाई सुरक्षित स्थानमा सारियो संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा मध्यपूर्वमा सैन्य गतिविधिको निन्दा द्वन्द्व नबढाऊः इजरायलको इरानमाथि आक्रमणप्रति विश्वको प्रतिक्रिया संसद् चलाउन सत्तापक्ष र विपक्षी दलबीच सहमति ९० वर्षीय वृद्धद्वारा श्रीमतीको हत्या, “आफू मरेपछि दु:ख नहोस् भनेर मारेँ” बयान आर्थिक सर्वेक्षण प्रस्तुत पुनःस्थापना केन्द्रमा सर्वसाधारणका लागि पहुँचयोग्य बनाउन प्रयास भइरहेको छः मन्त्री पौडेल संवैधानिक परिषद् विधेयक पारित पोर्चुगलमा लोकप्रिय नेपालीको रेष्टुरेन्ट उत्कृष्ट अवार्ड जित्न सफल प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका विदेश भ्रमणबारे संसदीय समितिलाई जानकारी गराइयो बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्था सच्चिन्छः ऊर्जामन्त्री खड्का कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार १५ मा बस्ने