भदौ ८, चितवन । अविरल बर्षा पछिको बाढीले बगाएर भारतीय क्षेत्रमा पु¥याएका तीन पोथी र एउटा भाले गैँडा उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छोडिएको छ । थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ८, चितवन । अविरल बर्षा पछिको बाढीले बगाएर भारतीय क्षेत्रमा पु¥याएका तीन पोथी र एउटा भाले गैँडा उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छोडिएको छ । थ"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढीले भारत पुर्याएका चार गैँडा निकुञ्जमा ल्याइयो, आज थप एक ल्याइने

८ भाद्र २०७४, बिहीबार ०६:४०


भदौ ८, चितवन । अविरल बर्षा पछिको बाढीले बगाएर भारतीय क्षेत्रमा पु¥याएका तीन पोथी र एउटा भाले गैँडा उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छोडिएको छ । थप एक गैँडा भेटिएपछि ल्याउने प्रयास शुरु भएको छ । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार वाल्मीकि नगरबाट ४२ किलोमिटर दक्षिणपूर्व बगाहा भन्ने भारतीय गाउँमा पुगेको एउटा र वाल्मीकि टाइगर रिजर्भमा पुगेका तीन गैँडा उद्धार गरी निकुञ्जमा ल्याइएको हो । रिजर्भमा नै थप एउटा गैँडा भेटिएपछि बुधवार ल्याउने प्रयास गरिएको भए पनि असफल भएको अर्यालले बताउनुभयो । 

आज बिहानैबाट गैँडा नियन्त्रणको प्रयास शुरु गरिएको उहाँले बताउनुभयो । भारतीय अधिकारीहरु सँगको समन्वयमा डार्ट (बन्दुकबाट लठ्याउने सुई लगाएर) गैँडा नेपाल ल्याइन्छ । जसका लागि प्राविधिकसहित नेपाली ४० र वाल्मीकि टाइगर रिजर्भका २०० जना कर्मचारी परिचालन गरिएको छ । 

चितवन राष्ट्रिय निकुञ्जको नवलपरासीस्थित दिव्यपुरी र लामिचौरबाट तीनवटा हात्ती र गैँडालाई नियन्त्रणमा लिन रिजर्भमा लगिएको छ । हात्तीले घेरा हालेर गैँडालाई डार्ट गर्ने गरिन्छ । अहिले नियन्त्रण गर्न लागिएको गैँडा वयस्क रहेको छ । लिङ्ग यकिन भइनसकेको भए पनि पोथी भएको अनुमान गरिएको अर्यालले बताउनुभयो । 

बाढीले बगाएर नेपालकै विभिन्न क्षेत्रमा तीन गैँडा पु¥याएको छ । नवलपरासीको नर्सही भन्ने ठाउँमा एउटा, त्रिवेणी मध्यवर्ती सामुदायिक वनमा एउटा र वाल्मीकि आश्रममा एउटा गैँडा भेटिएका छन् । 

यी गैँडाहरु जंगलमा रहेकाले पानीको मात्रा घटेपछि उद्धार गरी निकुञ्जमा ल्याइने उहाँले बताउनुभयो । 

हालसम्म पहिचान भएकामध्ये एउटा गैँडा मृत भेटिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य