भदौ ८, सिन्धुली । विपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रामटारमा आज मोटरसाइकल र बोलेरो जिप जुध्दा एक जनाको मृत्यु भएको छ । 

पिकअप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ८, सिन्धुली । विपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रामटारमा आज मोटरसाइकल र बोलेरो जिप जुध्दा एक जनाको मृत्यु भएको छ । 

पिकअप"/>

2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिन्धुलीमा गाडीको ठक्करले एकको मृत्यु, बिपी राजमार्ग अवरुद्ध


भदौ ८, सिन्धुली । विपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रामटारमा आज मोटरसाइकल र बोलेरो जिप जुध्दा एक जनाको मृत्यु भएको छ । 

पिकअप सिङ्गल क्याप बोलेरो र मोटरसाइकल एकआपसमा ठोक्किँदा सुनकोशी गाउँपालिका–५ निवासी अन्दाजी ३८ वर्षीय मोटरसाइकल चालक रामकृष्ण श्रेष्ठ गम्भीर घाइते भएपछि उपचारका लागि खुर्कोटस्थित भरोसा अस्पतालमा उपचारका गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार काठमाडौँबाट सिन्धुलीमाडीतर्फ आउँदै गरेको वा१४च २४९३ नंको बोलेरोले श्रेष्ठ सवार वा३५प ९३२२ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । बलेरो चालकलाई खुर्कोट इलाका प्रहरी कार्यालयका प्रहरीले नियन्त्रणमा लिएको छ । 

सोहीघटनालाई लिएर स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्गमा साना सवारीसाधनले पटक पटक पैदलयात्री तथा मोटरसाइकललाई ठक्कर दिने क्रम बढेको उनीहरुले बताएका छन् । 

स्थानीयवासीले मृतकको शवलाई राजमार्गमा राखेर सवारी चालकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध पारेको यात्रु रामबहादुर विश्वकर्माले जानकारी दिनुभयो । अवरुद्ध राजमार्ग सञ्चालन गर्न प्रहरी तथा प्रशासनले उचित पहल नगरेको यात्रुहरुले बताएका छन् । 

राजमार्ग अबरुद्ध भएपछि सिन्धुली हुँदै काठमाडौँ र पूर्वी पहाडी जिल्ला तथा तराईका जिल्लाका लागि छुटेका सवारीसाधन बीचमा नै रोकिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल