2026-10-07 03:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उखुखेतीबाट लाखौँ आम्दानी

काठमाडौँ । नेपालमा कमाईको सम्भावना नभएको भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या बढ्दोे छ । गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । अहिले युवा वैदेशिक रोजगारीको पछिपछि दौडिरहेका बेला बराहक्षेत्र नगरपालिका–११ मधुवनका २९ वर्षीय विवेककुमार महतो भने आफ्नै माटोमा उखु खेतीमै रमाइरहनु भएको छ । उहाँले रोजगारीको जोहो भने यहीँबाट गरिरहनुभएको छ । जीवन गुजारालाई विदेशको पर्खाइ भने छैन उहाँलाई ।
उहाँ भन्नुहुन्छ, “देशमै केही गर्न सकिन्छ भन्ने लाग्थ्यो, त्यसैले विदेश जाने सोच भने कहिले पनि पलाएन ।” उहाँले तीन वर्षपहिले रु दुई लाख ५० हजारको लगानीबाट अढाई बिघा जमिनमा उखुखेती सुरु गर्नुभएको थियो । उहाँले अहिले लगानी पनि बढाउनु भएको छभने उखुखेतीबाटै वार्षिक रु पाँच लाख बढी आम्दानी गरिरहनुभएको बताउनुभयो ।
“उखुखेतीमा मजदुरको अभाव भने हँुदैन, मजदुर पनि पाइन्छ”, उहाँले भन्नुभयो, “तर जलवायु परिवर्तनले भने चुनौती थपिरहेको छ ।” उखु वृद्धि र उत्पादनमा वातावरणीय असन्तुलनले भने प्रत्यक्ष प्रभाव पारिरहेको उहाँको अनुभव छ । विशेषगरी उखुको बच्चा लाग्ने समयमा अत्यधिक वर्षा हुदाँ बोटको जरा सड्ने, उखु पहेँलो हुने अनि उत्पादनमा कमी आउने समस्या भने हुने गरेको महतोले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “यस्ता असमान्य मौसम परिवर्तनले प्रभाव पार्दा दीर्घकालीन रुपमा उत्पादनमा गिरावट ल्याउनसक्ने सम्भावना भने बढाएको छ ।”
“उखुखेतीमा सफल हुन र आम्दानी बढाउन वैज्ञानिक प्रविधिको उपयोग तथा जलवायु अनुकूल रणनीति अवलम्बन गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो । यसो गर्दा उत्पादनमा अझ वृद्धि हुनसक्ने उहाँको भनाइ छ । उहाँका अनुसार उखु रोपेको नौदेखि १० महिनामा काट्ने मिल्ने हुन्छ । उखु रोपाइँ फागुनदेखि चैतसम्म मानिन्छ । यो समयमा रोपिएको उखु मङ्सिरदेखि माघभित्र पाकेर काट्न योग्य हुन्छ । अरू बालीजस्तो हेरचाह गरिरहनु नपर्ने भएका कारण उखुखेती गर्न सहज हुने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बिक्रीका लागि बजारको समस्या भने हुँदैन, वार्षिक रुपमा एक हजार १०० देखि एक हजार २०० क्विन्टल बढी उखु उत्पादन हुँदै आएको छ ।” उत्पादित उखु सुनसरी र मोरङका विभिन्न चिनी उद्योगमा बिक्रीका लागि जाने गरेको उहाँले बताउनुभयो । महतोका अनुसार अहिले उखुप्रति क्विन्टल रु ६८५ मा बिक्री भइरहेको छ । उखुको मूल्य पछिल्लो समय केही वृद्धि भएकाले आफू सन्तुष्ट रहेको उहाँ सुनाउनुहुन्छ ।
“केही वर्षअघिसम्म प्रतिक्विन्टल रु ६०० सम्ममा उखु बेच्नुपथ्र्यो, अहिले मूल्य बढेको छ, यसमा म सन्तुष्ट छु”, उहाँले भन्नुभयो । उखुको मूल्य सरकारले नै निर्धारण गर्ने प्रावधान रहेको बताउँदै उहाँले भन्नुभयो, “मूल्य सरकारले नै तोक्ने भएकाले हामी किसानहरुलाई स्पष्ट हुन्छ अनि व्यापारी र हामी किसानमा मूल्यको मोलमोलाइ हुँदैन ।” प्रत्येक वर्ष याम सुरु हुनासाथ सरकारले मूल्य घोषणा गर्छ । सोही अनुसार चिनी उद्योगहरुले किसानसँग उखु खरिद गर्ने गरेको उहाँले बताउनुभयो ।
मकै, धान र कोदोको भन्दा कम लगानी तथा श्रम पनि कम लाग्ने साथै सरकारद्वारा मूल्य निर्धारण हुने हुँदा विश्वसनीयता हुनाका साथै सिधै चिनी मिलहरुसँगको सहकार्यले पनि उखुखेतीप्रति आफूलाई सहज र आकर्षित बनाएकाले उखुखेती गर्ने गरेको उहाँले बताउनुभयो ।
महतोका अनुसार वर्षमा रु आठ लाख बढीको उखु उत्पादन हुने गरेको छ । त्यसमा मल, मजदुर, गाडी भाडालगायतमा करिब रु दुई लाखदेखि रु दुई लाख ५० हजारसम्म खर्च हुने गरेको छ । बाँकी रु पाँच लाख बढी बचत हुँदा घर व्यवहार चलाउन सजिलो हुनाका साथै मेहनत अनुसारको आम्दानी हुने गरेको उहाँले बताउनुभयो । मौसमले साथ दिए अनि उखुमा रोग नलाग्ने हो भने अझ बढी आम्दानी हुने उहाँको विश्वास छ ।
“अहिलेसम्म उखु उत्पादन राम्रै भइरहेको र आम्दानी पनि राम्रै दिएको छ, केही वर्षपछि थप अझ बढाएर उखुखेती विस्तार गर्ने सोचमा छु”, उहाँले भन्नुभयो, “पहिले अरू खेती गर्दा सोचेजस्तो आम्दानी हुन नसक्ने, दुःख र मेहनत लागे पनि उखुखेतीबाट भने कम लगानी कम मेहनतले आम्दानी भएपछि केही स्थायित्व आएको महसुस भने भएको छ ।”
उहाँका अनुसार उखु काट्ने समयमा ६० जनाभन्दा बढी कामदारलाई दैनिक रु ७०० ज्याला दिएर कामदार लगाइन्छ छभने उखुमा मल लगाउने समयमा दैनिकजसो छजना बढी कामदार राख्ने गरेको उहाँले बताउनुभयो । “मजदुरको अभाव भने खासै हुँदैन, ज्याला भने पहिलेको भन्दा अलिक वृद्धि भएको छ”, उहाँले भन्नुभयो, “आफूलाई देशमा काम गर्ने मन र केही मेहनत भए आफ्नै देशमा धेरै सम्भावना छन्, मैले उखुखेतीबाट वर्षमा लाखौँ कमाइरहेको छु, विदेश गएर अरूको देश बनाउनुभन्दा आफ्नै देशमा पसिना बगाएर कमाउनु गर्वको कुरा हो, विदेश पलायन हुनुभन्दा अगाडि एक पटक खेतबारीमा पनि फर्केर सोच्नुपर्छ सम्भावना धेरै छ ।”
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म