2026-10-07 10:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

निलम्बित मेयरका समर्थकले गरे नगरपालिका तोडफोड, कर्मचारीलाई समेत कुटपिट गरियो

काठमाडौँ । सप्तरीको  राजविराज नगरपालिकामा निलम्बित मेयरका समर्थकले तोडफोड गरेका छन्। नगरपालिकाकी कार्यवाहक मेयर इसरत परविनले निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई पदभार ग्रहरण गराउन लागेपछि निलम्बित मेयर भीमराज यादवका समर्थक तोडफोडमा उत्रिएका हुन्। यादवका समर्थकले प्रहरीकै अगाडि कार्यालय तोडफोड गरिरहेका छन्।

कार्यालयमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भने गरिएको छ। भ्रष्टाचार मुद्दामा निलम्बित मेयर भीमराज यादवले भ्रष्टाचार भइरहेको भन्दै तीन दिनदेखि कार्यालयमा तालाबन्दी गरेका थिए। प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहको ठाउँमा शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएपछि विवाद सुरु भएको थियो।

ताला फोडेर उपमेयर परविनले निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवलाई पदभार ग्रहण गराउन खोज्दा झडप भएको हो। यहाँका मेयर भीमराज स्थानीय रंगशाला स्तरन्नोतिको भ्रष्टाचार मुद्दामा निलम्बित छन्। यादव र उपमेयर परविनलाई भने अहिले कार्यकक्षमै थुनिदिएका छन्।

प्रदर्शनमा उत्रिएकाहरूले कार्यालयका झ्याल, ढोकालगायत संरचनाहरू तोडफोड गरेका छन्। नगरपालिकाका लेखापाल, स्वास्थ्यकर्मीलाई कुटपिट गरेको बताइएको छ। घाइतेलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो