८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

निलम्बित मेयरका समर्थकले गरे नगरपालिका तोडफोड, कर्मचारीलाई समेत कुटपिट गरियो

२८ जेष्ठ २०८२, मंगलवार १५:२७

काठमाडौँ । सप्तरीको  राजविराज नगरपालिकामा निलम्बित मेयरका समर्थकले तोडफोड गरेका छन्। नगरपालिकाकी कार्यवाहक मेयर इसरत परविनले निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई पदभार ग्रहरण गराउन लागेपछि निलम्बित मेयर भीमराज यादवका समर्थक तोडफोडमा उत्रिएका हुन्। यादवका समर्थकले प्रहरीकै अगाडि कार्यालय तोडफोड गरिरहेका छन्।

कार्यालयमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भने गरिएको छ। भ्रष्टाचार मुद्दामा निलम्बित मेयर भीमराज यादवले भ्रष्टाचार भइरहेको भन्दै तीन दिनदेखि कार्यालयमा तालाबन्दी गरेका थिए। प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहको ठाउँमा शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएपछि विवाद सुरु भएको थियो।

ताला फोडेर उपमेयर परविनले निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवलाई पदभार ग्रहण गराउन खोज्दा झडप भएको हो। यहाँका मेयर भीमराज स्थानीय रंगशाला स्तरन्नोतिको भ्रष्टाचार मुद्दामा निलम्बित छन्। यादव र उपमेयर परविनलाई भने अहिले कार्यकक्षमै थुनिदिएका छन्।

प्रदर्शनमा उत्रिएकाहरूले कार्यालयका झ्याल, ढोकालगायत संरचनाहरू तोडफोड गरेका छन्। नगरपालिकाका लेखापाल, स्वास्थ्यकर्मीलाई कुटपिट गरेको बताइएको छ। घाइतेलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बजेट विनियोजनमा सांसदको असन्तुष्टि सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ नेसपाको पार्टी पुनर्गठन : सचिवालय र केन्द्रीय समिति पुनर्संरचना प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट टोखाबाट चोरी गरिएको मोटरसाइकलसहित एक युवक पक्राउ प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट इरानमाथि अमेरिकी आक्रमण ‘गलत’ : आइक्यान फ्रान्समा बन्दुकधारीको आक्रमणमा बेहुलीसहित दुईजनाको मृत्यु जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी ‘कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ’ खैरो हिरोइनसहित दुई जना पक्राउ नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घट्यो टोकियोमा आज मतदान, सत्तारुढ दलको प्रमुख परीक्षा इरानमा अमेरिकी आक्रमण : आइएइएले बोर्ड अफ गभर्नरले बोलायो आपत्कालीन बैठक संसद् भवन क्यान्टिनको छतबाट खसे कामदार मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ‘निर्वाचन प्रणाली बदल्नुपर्छ’ इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग : माओवादी केन्द्र