भदौ १४, लमजुङ। अन्तर्राष्ट्रिय सञ्जालमा आबद्ध रोटरी क्लबको क्षेत्रीय सम्मेलन बेंसीशहरमा हुने भएको छ । रोटरी क्लब लमजुङको आयोजनामा भदौ १६ र १७ गते दुईदिने क्षेत्रीय स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, लमजुङ। अन्तर्राष्ट्रिय सञ्जालमा आबद्ध रोटरी क्लबको क्षेत्रीय सम्मेलन बेंसीशहरमा हुने भएको छ । रोटरी क्लब लमजुङको आयोजनामा भदौ १६ र १७ गते दुईदिने क्षेत्रीय स"/>
2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लमजुङमा रोटरी क्लबको क्षेत्रीय सम्मेलन हुने

भदौ १४, लमजुङ। अन्तर्राष्ट्रिय सञ्जालमा आबद्ध रोटरी क्लबको क्षेत्रीय सम्मेलन बेंसीशहरमा हुने भएको छ । रोटरी क्लब लमजुङको आयोजनामा भदौ १६ र १७ गते दुईदिने क्षेत्रीय सम्मेलन हुन लागेको हो । 

क्लबले आज पत्रकारसम्मेलन गरी कार्यक्रमका बारेमा जानकारी गराएको हो । सम्मेलनमा विभिन्न जिल्लाका रोटरीमा आबद्ध सयभन्दा बढी प्रतिनिधिको सहभागिता हुनेछ । 

कार्यक्रममा सामाजिक उत्तरदायित्व, क्लबका रणनीतिका विषयमा मुख्य छलफल गर्ने रोटरी क्लब लमजुङका अध्यक्ष दीपक पौडेलले बताउनुभयो । क्लबको मुख्य प्रस्तावनाबाहेक सम्मेलनको अवसरलाई सदुपयोग गर्दै जिल्लाको जलविद्युत्, पर्यटन र व्यापार प्रवद्र्धनलाई पनि विशेष प्राथमिकतामा राखिएको अध्यक्ष पौडेलले बताउनुभयो । 

“सम्मेलनमा रोटरीमा आवद्ध उद्योगी, व्यापारी, सामाजिक अभियन्ताहरुको सहभागिता हुनेछ” अध्यक्ष पौडेलले भन्नुभयो “उनीहरुबीच जिल्लाको व्यापार, पर्यटन र जलविद्युत् लगानीका बारेमा जानकारी गराउछौँ ।” 

यसबाट जिल्लाको उद्योग, व्यापार, पर्यटन, जलविद्युतका क्षेत्रमा नयाँ अवसर सिर्जना हुने विश्वास लिएको अध्यक्ष पौडेलको भनाई छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल