मधुकर अधिकारी । भदौ १५,वासिङ्टन डिसी,। चितवन घर भएका रवि कोइराला अमेरिकाको न्युयोर्कमा बस्न थालेको करिब १३ वर्ष भयो । यो समयमा उहाँले कति रकम आम्दानी गर्नुभयो कुनै लेखाजोखा छैन । तर मनकारी स्वभावका कोइराला स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मधुकर अधिकारी । भदौ १५,वासिङ्टन डिसी,। चितवन घर भएका रवि कोइराला अमेरिकाको न्युयोर्कमा बस्न थालेको करिब १३ वर्ष भयो । यो समयमा उहाँले कति रकम आम्दानी गर्नुभयो कुनै लेखाजोखा छैन । तर मनकारी स्वभावका कोइराला स"/>
2026-08-31 10:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्युयोर्कका छन् यस्ता मनकारी नेपाली

मधुकर अधिकारी । भदौ १५,वासिङ्टन डिसी,। चितवन घर भएका रवि कोइराला अमेरिकाको न्युयोर्कमा बस्न थालेको करिब १३ वर्ष भयो । यो समयमा उहाँले कति रकम आम्दानी गर्नुभयो कुनै लेखाजोखा छैन । तर मनकारी स्वभावका कोइराला साथीभाइसँग ठट्यौली पाराले भन्ने गर्नुहुन्छ, “जीवनमा आम्दानी गर्नु कुनै ठूलो कुरो होइन, जीवनको के छ र भर ? त्यसैले समाजलाई केही न केही दिनु हामीहरुको धर्म हो, भन्ने मेरो मान्यता रहेको छ ।” त्यसैले उहाँ कहिले न्युयोर्क त कहिले वाल्टिमोर, अनि कहिले भर्जिनिया त कहिले न्यूजर्सीको सयौँ माइल यात्रामा दौडिरहनुभएको हुन्छ । 

अमेरिकामा सामाजिक कामका लागि भनेर अहोरात्र खट्ने आनन्द विष्ट अहिले जनसम्पर्क समिति अमेरिकाको अध्यक्ष हुनुहुन्छ । नेपालमा गएको विनाशकारी भूकम्पका बेला विष्टले अरु अमेरिकी संस्थाभन्दा अलि फरक तरिकाले तुरुन्त नेपाल पुगेर सक्दो सहयोग गर्न तत्परता देखाउनुभयो, उहाँ त्यो बेलामा नेपालमा गएको भूकम्प र उद्धारमा खट्ने क्रमको अनुभव सुनाउँदै भन्नुहुन्छ, “जसरी म मेरी छोरीलाई आफ्नै आँखा अगाडि देख्न चाहन्छु त्यसैगरी भूकम्पपीडित अभिभावकका घाइते शरीरले पनि आफ्नो लालाबालाको खोजी गरिरहेको थियो । त्यस्तो बेला दाताहरुको सहयोग कति मूल्यवान् हुन्छ भन्ने कुरा त्यहाँ अनुभूति गर्न सकिन्छ, व्याख्या गर्न सकिन्न ।” 

तिनै विष्टले मंगलबार आफू मातहतको समितिलाई परिचालन गरेर एक लाख २५ हजार ५५५ डलर महायज्ञमा गएर एक वर्षभित्र दिने गरी प्रतिबद्धता जनाउनुभयो । विष्ट भन्नुहुन्छ, “मेहनत गर्यौं भने हामीहरुले कमाउन सक्छौँ तर भावीपिँढीका लागि हाम्रो मूल्यमान्यता सिकाउने थलोको निर्माण गर्न हामी कहिल्यै पछि पर्नुहुन्न । अमेरिकामा यो ठूलो चुनौती रहेको विष्टको ठम्याई छ, त्यसैले सामुदायिक भवन या कला संस्कृतिको जगेर्नामा हातेमालो गरेका हौँ ।” 

अमेरिकामा व्यवसाय गर्दै आउनुभएका बेद खरेलले पनि आफ्नो एकल पहलमा मन्दिर तथा भवन निर्माणका लागि परिवारका सदस्यलाई समेत रोहवरमा राखेर ६६ हजार ६६६ डलर रकम दान गर्ने घोषणा गर्नुभयो । उहाँ त्यो अवसरमा आफ्ना गला अवरुद्ध पार्दै प्रवासमा आइपुगेपछि अपनत्वको भावना कस्तो हुन्छ भनेर व्याख्या गर्दै हुनुहुन्थ्यो । त्यसो त खरेलको परिवारले यस अगाडि नै भरतपुर रेडक्रसलाई करिब रु तेह्र लाखको एक एम्बुलेन्स नै प्रदान गरेको थियो । 

यसपटक उनै रवि कोइरालाले नेपालीको बसोबास बढी भएको स्थान रिजउडमा मन्दिर बनाउनका लागि भनेर आफू अध्यक्ष रहेको रिजउड नेपाली सोसाइटीमार्फत पहल गर्नुभयो । त्यसैको परिणामस्वरुप एक साता लामो पण्डित दिनबन्धु पोख्रेलले वाचन गर्नुभएको महापुराणमा प्रवासी भूमिमा नेपालीले मन फुकाएर दान गरेका छन् । मंगलबारसम्म उक्त संस्थाले १५ लाख डलर बराबरको रकम संकलन गर्न सफल भएको छ । 

अमेरिकाको न्यूयोर्कमा दुर्गा मन्दिर तथा सामुदायिक भवन निर्माणका लागि लगाइएको श्रीमद्भागवत महायज्ञमा उक्त रकम संकलन भएको हो । आयोजक संस्था रिजउड सोसाइटीका अध्यक्ष कोइरालाले रासससँग संक्षिप्त कुरा गर्दै भन्नुभयो, “हामीहरुले एक मिलियनको लक्ष्य लिएर महायज्ञ लगाएका थियौँ”, तर दाताहरुको सहयोगले लक्ष्यभन्दा बढी रकम उठ्ने भएको छ । कोइरालाले दिनुभएको जानकारीअनुसार अमेरिकाको न्युयोर्कमा सोसाइटीले खरिद गरेको पाँच हजार स्वाक्यर फिटमा भवन निर्माण गरिने छन् । उक्त भवनमा मन्दिर र सामुदायिक भवन बन्ने छ । समितिले जमिन सन् २०१० मा चार लाख २९ हजार डलरमा खरिद गरेको थियो । 

पण्डित दिनबन्धु पोख्रेलले वाचन गर्नुभएको पुराणमा न्युयोर्कमा बसोबास गर्दै आएका नेपाली अमेरिकीहरुले यो रकम दान गरेका हुन् । यसरी दान गर्नेहरुमा कानून व्यवसायी, इन्जिनियर, नर्सलगायतको पेशामा आबद्धका साथै थोरै आम्दानी गर्नेहरुले समेत मन फुकाएर गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने