४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

टिकटकमार्फत भ्रम फैलाउने युवती पक्राउ

१ असार २०८२, आईतवार १८:०९

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमार्फत जातीय तथा साम्प्रदायिक भावना भड्काउने सामग्री प्रसारण गरेको अभियोगमा एक युवती पक्राउ परेकी छन्। पक्राउ पर्नेमा खोटाङ जिल्लाको हलेसीतुवाचुङ नगरपालिका–६ स्थायी ठेगाना भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया रमा बस्नेत रहेको साइबर ब्युरो, काठमाडौँले जनाएको छ।

प्रहरीका अनुसार बस्नेतले नियोजित रूपमा सामाजिक सञ्जालमा संवेदनशील विषयवस्तुहरू प्रस्तुत गर्दै जातीय विद्वेष फैलाउने, प्रतिष्ठित व्यक्ति तथा संस्थामाथि तथ्यहीन आरोप लगाउने तथा चरित्र हत्या हुने खालका सामग्रीहरू सार्वजनिक गर्ने कार्य गरिरहेकी थिइन्।

प्रविधिक विश्लेषण र अनुसन्धानबाट संलग्नता पुष्टि भएपछि उनलाई आइतबार भक्तपुरबाट नियन्त्रणमा लिइएको हो।

विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी उनलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ। अदालतको आदेशअनुसार थप अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिपकराज अवस्थीले जनाएका छ।

प्रहरीले सामाजिक सञ्जालमा आपत्तिजनक र भ्रामक सामग्रीको नियमन तथा नियन्त्रणलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की