Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नापी कार्यालयका प्रमुख होटलमा मृत भेटिए

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १८, मोरङ । नापी कार्यालय इलामका प्रमुख ५४ वर्षीय निरोज त्रिखत्री मोरङको विराटनगरस्थित एक होटलको कोठामा आज बिहान मृतावस्थामा फेला पर्नुभएको छ ।

नापी अधिकृत त्रिखत्री विराटनगरस्थित पाथीभरा होटलमा सुतेकै ठाउँमा मृतावस्थामा फेला परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिनुभयो ।

आव २०७३/७४ को वार्षिक समीक्षा एवं भूमि व्यवस्थापनसम्बन्धी तीनदिने गोष्ठीमा सहभागी हुनका लागि त्रिखत्री विराटनगर आउनुभएको थियो । शनिबारदेखि विराटनगरमा शुरु भएको गोष्ठीमा प्रदेश नं १ र २ का नापी र मालपोत कार्यालयका प्रमुखको सहभागिता रहेको छ ।

त्रिखत्री लामो समयदेखि उच्च रक्तचाप र मधुमेहका बिरामी हुनुहुन्थ्यो । त्रिखत्रीको स्वास्थ्य अवस्थाकै कारणले मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । रासस