2026-08-27 01:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगाका जनप्रतिनिधि आफ्नो परिचय दिन समेत जान्दैनन्

पूर्णप्रसाद न्यौपाने | भदौ १८, ओखलढुंगा | झट्ट सुन्दा पत्यार नलाग्न सक्छ तर वास्तविकता पत्याउन गाह्रो पर्नेनै छ । ओखलढुंगाका अधिकांश जननिर्वाचित प्रतिनिधिहरुलाई आफ्नो परिचय दिन समेत सकस पर्छ । आयोजित कार्यक्रमहरु र नयाँ मानिससँगको भेटमा वडा सदस्य र गाउँसभामा मनोनित सदस्यहरुलाई आफ्नो नाम, ठेगाना र पद भन्न नै निकै समस्या पर्ने गरेको पाईएको हो । 

मंगलबार एउटा  गैर सरकारी संस्थाको आयोजनामा खिजीदेम्बा गाउँपालिकामा भएको पालिका स्तरीय कार्यक्रममा पालिका अध्यक्ष,उपाध्यक्ष,नौ वटै वडाका अध्यक्ष सहित करिब करिब सबै निर्वाचित पदाधिकारीहरु सहभागि थिए । 

कार्यक्रमका उद्घोषकले मुख्य अतिथिको आसनग्रहण पछि सबै माझ परिचयको कार्यक्रम राखे । कार्यक्रम अनुसार एकपछि अर्को आफ्ना ठाउँबाट उठेर आफ्नो नाम, ठेगाना, आवद्धता र पद भन्नुपर्ने थियो । मञ्चमा बसेका सबै अतिथि पछि परिचय गर्ने पालो जनप्रतिनिधीहरुको आयो । 

क्रमशः एक पछि अर्काको परिचय दिनेक्रम चलिरह्यो तर त्यो परिचय कार्यक्रममा अधिकांश जनप्रतिनिधि आफ्नो परिचय दिन नजानेर हाँसोको पात्र बने । 

‘नमस्कार म महिला सदस्य हुँ पहिलेको खिजीफलाटे……’ केहीबेर रोकिएर ‘उम् कति पो वडा हो ५ ए होईन ६ हेहे…..होईन ५ ………’ भनेपछि छेउमा बसेका अरुले सम्झाईदिए तपाई वडा नं. ६ को वडा सदस्य भनेर त्यसपछि उनले हजुर हो भनिन् । तर यति अल्मल गर्दागर्दै उनलाई बस्न हतार भयो नाम भन्न छुटाईन र छिट्टो गरेर पालिका अध्यक्ष वेदबहादुर रोकाले उनको नाम भन्दिए (नाम गोप्य) । त्यस्तै अन्य केही सदस्यहरुले परिचय दिन जानेनन् । एक अर्काले सम्झाउँदै परिचय गराए । वडामा निर्वाचित सदस्य देखि पालिकामा मनोनित सदस्य समेतलाई परिचय दिन निकै समस्या पर्यो । एक जना पालिका सदस्यले म पालिका सदस्य भन्न अनकनाए पछि उनको परिचय अर्का पालिका सदस्यले भन्दिए । कार्यक्रमका वत्ताहरुले समेत यस विषयलाई उठान गरे । ‘परिचय नै दिन अहिलेसम्म नजान्नु लज्जास्पद कुरा हो, सिक्नुस् सिकेर सानु भईन्न बरु जान्ने भईन्छ’ एकजना वत्ताको भनाई । 

कार्यक्रममा जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धिको आवश्यकता देखिएको विषय समेत उठेपछि पालिका अध्यक्ष वेद बहादुर रोकाले अभ्यस्त नभएकाले सामान्य समस्या रहेको बताए । ‘बानी छैन,विस्तारै कसरी राम्रो गर्ने भन्ने सिकाई भईरहेकै छ’रोकाले भने ‘मिलाएर बोल्न नजान्ने केहीको समस्या होला तर उहाँहरु जनताको माग र आवश्यकतामा कडा अडान राखेर काम गर्न सक्ने हुनुहुन्छ ।’ 

शुक्रबार त्यस्तै अर्को कार्यक्रम लिखु गाउँपालिकामा पनि सञ्चालन भयो । त्यहाँ पनि समस्या उहि देखियो । सहभागी मध्ये वडा सदस्यहरु अधिकांशलाई परिचय गर्न निकै समस्या भईरहेको थियो । ‘के भन्नु हो…….हेहे मेरो नाम चाहीँ …….. अरु त के भन्नु हो ?’ 

नजिकै बस्नेले ठेगाना भन न ठेगाना भनेपछि ‘लिखु,साविकको लिखु,ए होईन होईन साविकको लिखु अहिलेको यसम’ उनि साविकको यसम गाविस हाल लिखु गाउँपालिकाका वडा सदस्य हुन् । निकै कष्ट गरेर परिचय दिए तर त्यति गर्दापनि कति नम्बर वडाको वडा सदस्य भन्न सकेनन् । 

केही दिन अघि चम्पादेवीमा आयोजना गरिएको पालिका स्तरको एउटा कार्यक्रममा पनि जनप्रतिनिधिहरुमा परिचय गर्न समस्या भएको पाईएको थियो । 

माथि प्रस्तुत गरिएको खिजीदेम्बा,चम्पादेवी र लिखुको घटना देखिएका केही उदाहरण मात्रै हुन् । जिल्लाको         सिद्धिचरण नगरपालिका सहित सबै आठ वटै गाउँ तथा नगरपालिकाका अधिकांश निर्वाचित सदस्यहरुमा यो समस्या देखिएको छ । केही दिन अघि सदरमुकाममा सञ्चालन भएको अर्को एउटा कार्यक्रममा केही पालिका उपप्रमुखहरुलाई समेत परिचय दिन समस्या भईरहेको थियो । 

देश संघिय संरचनामा गईसकेपछि साविकको ठेगाना समेत परिवर्तन भएकाले पनि परिचय दिन समस्या पर्ने गरेको बताइन्छ । नयाँ संरचना र नयाँ जिम्मेवारीबारे बोल्ने बानी नभएकाले धेरै मानिसको उपस्थितीमा आफुहरु झुक्किने गरेको स्वयं उनिहरुको प्रतिक्रिया छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वदलीय बैठकले गर्‍यो १० बुँदे साझा संकल्प प्रधानमन्त्री शाह नुवाकोट पुगे नारायणी नदीबाट बाढीमा बगेका ६७ शव संकलन, खोजी तथा पहिचान कार्य जारी विपत्तिमा सबै शक्ति परिचालन गर्नुपर्छ : गगन थापा उद्धार र राहतपछि पुनरुत्थान हुँदै पुनर्निर्माणमा अघि बढ्नुपर्छ : अर्थमन्त्री वाग्ले राष्ट्रिय संकटमा एकजुट हुन प्रचण्डको आग्रह, खोजी–उद्धार र राहतमा साझा कार्ययोजना बनाउन जोड  सुनचाँदीको मुल्य घट्यो रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक