३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बस दुर्घटना हुदा १० जना घाइते

९ असार २०८२, सोमबार १२:५४

काठमाडौँ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक बस र्दुघटना हुँदा १० जना घाइते भएका छन् ।

आज बिहान काठमाडाँैदेखी भिठ्ठामोड महोत्तरीतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ५२१६ नं को बस अनियन्त्रित भई सात फिट दक्षिण साइडमा दुर्घटना हँुदा १० यात्रु घाइते भएका हुन ।

घाइते हुनेमा सात जना भारतीय नागरिक रहेका छन् । घाइते हुनेमा भारत सितामढीकी ४४ वर्षीय रेखादेवी राम, सोही ठाउँकी २२ वर्षीय जहदेवी झा, सोही ठाउँका ११ वर्षीय बिसुकुमार पटेल, मोहमद अकिल, ३८ वर्षीय नरगिस खातुन, दुई वर्षीय आयस प्रतिक रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक राजकुमार राईले जानकारी दिनुभएको छ ।

यसैगरी धनुषा जिल्ला सिरेश्वरनाथ–१ बस्ने वर्ष २३ को अनुष्का निगम, जनकपुर बस्ने वर्ष ३५ कि सन्तोषी ठाकुर र जलेश्वर–४ बस्ने ४३ वर्षीय पुनम ठाकुर पनि दुर्घटनामा परी घाइते भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनुभयो ।

घाइते सबैको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । घाइतेको अवस्था समान्य रहेको राईले बताउनुभयो । बसमा २५ जना सवार रहेकामा १० जना घाइते र अन्य १५ जना गन्तव्यतिर गएको समेत उहाँले जानकारी दिनुभयो । चालक भने फरार रहेको बताइएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’