३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘बाँझो खेतमा यसपाली : बाँदरले असर नपार्ने नगदेबाली’

९ असार २०८२, सोमबार १४:०१

काठमाडौँ । कास्कीको रूपा गाउँपालिकाले चार हजार क्षेत्रफल जग्गामा मसलाजन्य बाली विस्तार गर्नेभएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा ‘बाँझो खेतमा यसपाली : बाँदरले असर नपार्ने नगदेबाली’ भन्ने नाराका साथ बाँदरले असर नपार्ने मसलाजन्य नगदेबाली (अदुवा, लसुन, बेसार, टिमुर, हलेदो) लगाउन मसलाजन्य बाली उत्पादन कार्यक्रम सञ्चालन गर्ने भएको गाउँपालिका प्रमुख नवराज ओझाले बताउनुभयो ।

लसुन, प्याज, बेसार, टिमुर, हलेदोलगायत मसलाजन्यबाली लगाउन प्रोत्साहन गर्नुका साथै उत्पादनमा आधारित न्यूनतम अनुदान व्यवस्था गरी चार हजार रोपनी जग्गामा मसलाजन्य बाली विस्तार गरिने उहाँले बताउनुभयो ।

कृषि तथा पशुपालनमा आत्मनिर्भर हुनका लागि बेरोजगार युवालाई कृषि पेसामा प्रोत्साहित गरी आयआर्जनमा जुटाउन एकीकृत कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘मेहनती किसानको हात : गाउँपालिकाको साथ’ भन्ने नाराका साथ कृषि क्षेत्रको लागत घटाउन कुल लागतको आधारमा व्यावसायिक किसानलाई लागत र उत्पादनमा आधारित अनुदान प्रदान गरिने अध्यक्ष ओझाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द