३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आफताब आलमलाई सफाइ दिने न्यायाधीशहरूको ‘कल डिटेल रेकर्ड’ मगाएर छानबिन गर्न माग

९ असार २०८२, सोमबार १७:४८

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलम लगायतलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनविरुद्ध न्यायपरिषद्‍मा थप उजुरी परेको छ ।

जाहेरीकर्तामध्येका एक शैलेन्द्र शाहले मुद्दामा बदनियतपूर्वक फैसला भएको भन्दै त्यसमा संलग्न न्यायाधीशहरूलाई कारबाहीको माग राखी सोमबार न्यायपरिषद्‍को सचिवालयमा अर्को उजुरी दर्ता गरेका हुन् ।

आरोपितहरूलाई उन्मुक्ति दिने मनसाय र उद्देश्यबाट घटना नै नभएको ठहर गरी मुद्दाको फैसला भएको भन्दै उनले मुद्दाको सुनुवाइका क्रममा भएको क्रियाकलापले समेत प्रश्न उठेको बताएका छन् ।

डा. खुसीप्रसाद थारूको इजलासमा मुद्दा नपरुञ्जेल सुनुवाइ नै नभएको, दोस्रो नम्बरको मुद्दाले प्राथमिकता पाएको, करिब ४ घण्टाको सुनुवाइपछि मुद्दाको फैसला भएको भन्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाले रौतहटको गौरमा आयोजित कार्यक्रममा ‘आलमलाई जसरी पनि निकाल्छु’ भनी अभिव्यक्ति दिएको र त्यसै अनुसार मुद्दाको फैसला भएकोमा प्रश्न उठाएका हुन् ।

उनले कानुनमन्त्री अजयकुमार चौरसिया र मुद्दाको फैसला गर्ने न्यायाधीशहरू डा. थारू र महर्जन बीचको ‘कल डिटेल रेकर्ड’ मगाएर छानबिन गर्न माग गरेका छन् । न्यायाधीशहरू डा. थारू र महर्जनमाथि समेत अनुसन्धान गर्न उनले माग गरेका हुन् ।

उजुरी दिने साह घटनाको प्रत्यक्षीदर्शीमध्ये एक हुन् । उनी जिल्ला अदालतमा चलेको मुद्दामा सरकारी पक्षबाट साक्षी भई बकपत्र समेत गरेका थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा उनी एमालेबाट उम्मेदवार एवं आलमका प्रतिस्पर्धी थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड