२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रक्तदान महोत्सवले धान्यो गर्मी मौसमको रगत अभाव

२०८२, १० असार मंगलवार १२:५२

काठमाडौँ । गत वर्ष यो समयमा रगतको चरम अभाव भएपछि पोखराबाट एक हजार युनिट (पोका) रगत चितवन ल्याइएको थियो । अघिल्ला वर्षहरुमा यो समयमा जिल्ला बाहिरबाट ल्याउनुपर्ने बाध्यता थियो । यस वर्ष भने विश्व रक्तदाता दिवसका अवसरमा गत जेठ ३१ गते यहाँ आयोजना गरिएको रक्तदान महोत्सवमा ठूलो मात्रामा रगत सङ्कलन भएपछि अभाव टरेको हो ।

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ब्लड डोनर्स सोसाइटीले आयोजना गरेको रक्तदान महोत्वमा एक हजार ७१७ युनिट रगत सङ्कलन भएको थियो । पौडेलका अनुसार जिल्लामा अहिले दैनिक १०० युनिट हाराहारी रगतको माग रहेको छ । फाटफुट हुने रक्तदान कार्यक्रमहरुबाट पनि रगत सङ्कलन भइरहेको छ ।

पौडेलले भन्नुभयो, “१५–२० दिनका लागि जिल्लामा रगतको अभाव हुँदैन ।” उच्च गर्मी मौसम, खेतीबालीको समयलगायतका कारण रगतको अभाव हुने गर्दछ । यो समयमा रक्तदान गर्न रक्तदाता हिच्किचाउने गर्दछन् । यही समयमा बिरामीको सङ्ख्या बढी हुने गर्दछ । त्यसका कारण बिरामीका आफन्तले रक्तदाता खोजेर रगतको गर्जाे टार्नुपर्ने बाध्यता रहेको थियो ।

चरम अभावको समयमा भएको रक्तदानले निकै सहज भएको पौडेलले बताउनुभयो । ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारीका अनुसार नेपालमा पहिलोपटक एकै ठाउँमा एकै दिन यति ठूलो सङ्ख्यामा रक्तदान भएको हो । नयाँ रक्तदाता समेतलाई आकर्षित गर्न महोत्सव गरिएको अधिकारीले बताउनुभयो ।

चितवनमा दुई मेडिकल कलेज, भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, बकुलहर रत्ननगर अस्पताललगायत निजी २५ भन्दा बढी साना अस्पतालमा रगतको माग हुने गर्दछ । क्यान्सरका बिरामी, दुर्घटनाका घाइते, सुत्केरी, मिर्गाैलाको डाइलासिस, थालेसेमियालगायतका बिरामीलाई बढी मात्रामा रगत चाहिने गर्दछ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल