Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

बागमती नदीमा एक पुरुषको शव भेटियो

By साझासवाल

काठमाडौँ । बागमती नदी किनारमा एक पुरुषको शव भेटिएको छ । दक्षिणकाली नगरपालिका–१ भैंसीबजारस्थित बागमती नदी किनारमा पुरुषको शव भेटिएको हो ।

मृत भेटिएका व्यक्ति ललितपुर महानगरपालिका–१४ थसिखेल बस्ने ३४ वर्षीय निरोज ढुंगाना रहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।