२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुकुलको रिटमा सर्वोच्चले रास्वपालाई बोलायो छलफलमा

१२ असार २०८२, बिहीबार १५:२६

काठमाडौं । आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री पदमा फर्काउन माग गर्दै डा. मुकुल ढकालले दायर गरेको रिट निवेदन सुनुवाइ गर्दै सर्वोच्च अदालतले रास्वपासहितका विपक्षीहरुलाई छलफलमा बोलाएको छ।

बिहीबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा भएको बहसपछि १७ गते छलफलका लागि बोलाउने आदेश भएको हाे।

रास्वपाले सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई महामन्त्री बनाएपछि उनले रास्वपाका सभापति रवि लामिछाने, महामन्त्री बुर्लाकोटी, प्रवक्ता मनीष झालगायतलाई विपक्षी बनाई बुधबार सर्वोच्चमा रिट दर्ता गराएका थिए।

ढकालले विपक्षी बनाएकाहरुको १७ गते जवाफ सुनेपछि सर्वोच्चले रिटमा माग भए बमोजिम उनलाई महामन्त्रीकाे हैसियतमा काम गर्न दिने, नदिनेबारे आदेश जारी गर्नेछ। ढकालले भने रास्वपाको महामन्त्री आफू रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न/गराउन पाउनुपर्ने दाबी गरी परमादेश, उत्प्रेषणसहितको आदेश अदालतबाट माग गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ