2026-10-07 01:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आँबुखैरेनी अस्पतालमा झाडापखाला र ज्वरोका बिरामी बढे

2025-06-26
काठमाडौँ । जिल्लाको आँबुखैरेनी अस्पतालमा झाडापखाला र ज्वरोका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तन भएसँगै झाडापखाला र ज्वरोको बिरामी बढी आउने गरेका हुन् ।
दिनमा १५० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेकामा करिब २० जना ज्वरोका र १५ जना झाडापखालाका बिरामी देखा पर्न थालेका अस्पतालका सुपरिटेन्डेन डा डिबी क्षेत्रीले जानकारी दिनुभयो । “पहिला एक–दुई जना बिरामी देखिनेमा अहिले त्यो सङ्ख्या १५–२० पुगेको छ । पखालाका बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचार गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
ज्वरोका बिरामीको स्वास्थ्य परीक्षण गरी भाइरल सङ्क्रमण देखिएमा सिटामोटलगायत आवश्यक औषधि दिने गरिएको बताउँदै निको नभएका वा गम्भीर प्रकृतिका बिरामीको रगत जाँच गरी टाइफाइड र डेङ्गी परीक्षण गर्ने गरिएको सुपरिटेन्डेन डा क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामीले रोग निको नहुँदासम्म सफा, स्वच्छ पानी प्रशस्त पिउने, आराम गर्ने, झोझिलो पदार्थ प्रशस्त पिउनेलगायत सुझाव दिने गरिएको छ ।
अस्पतालमा मधुमेह, उच्च रक्तचाप, हाडजोर्नी, छालाजन्य, प्रसूतिलगायत बिरामीको सङ्ख्या पनि बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ । यतिबेला खेती लगाउने समय भएकाले बहिरङ्ग (ओपिडी) घुइँचो कम भए पनि इमरजेन्सी कक्षमा बिरामीको चाप बढिरहेको छ ।
विसं २०७९ मङ्सिर १ गते सञ्चालनमा आएको यस अस्पतालले क्रमिक रूपमा स्वास्थ्य सेवा विस्तार गर्दै नागरिकलाई सेवामा सहज बनाउँदै आएको छ ।
यसअघि ओपिडी, इमरजेन्सी, ल्याब फार्मेर्सी, एक्स–रे, भिडियो एक्स–रे, नियमित सेवा दिँदै आएको अस्पतालले पछिल्ला समय डेन्टल सेवा, फिजियोथेरापी, डायलासिस, प्रसूतिको शल्यक्रिया, गाँठागुठीको शल्यक्रियाका साथै हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा पनि थप गरेको अस्पतालका सुपरिटेन्डेन डा डिबी क्षेत्रीले जानकारी दिनुभयो ।
गाउँपालिकाको स्रोतमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञा
यसैबीच आँबुखैरेनी गाउँपालिकाको स्रोतबाट हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा रामकुमार साहबाट नियमित सेवा दिन थालिएको छ ।
उक्त सेवासँगै स्थानीयवासीले हाडजोर्नी तथा नशासम्बन्धी उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य भएको गाउँपालिकाले जनाएको छ ।
आधारभूत अस्पतालले आफूले गर्नुपर्ने दायित्वभन्दा बढी सेवा दिइरहेको अस्पतालका सुपरिटेन्डेन डा क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “जुन राज्य र संविधानले सोचेभन्दा बढी स्थानीय तहले सेवा प्रवाह गर्दै आएको छ । आधारभूत अस्पतालभित्र हाडजोर्नी, डायलासिस, प्रसूतिको शल्याक्रिया गर्नुपर्ने होइन । यहाँ बढीभन्दा बढी सेवा प्रवाह गरी नागरिकको उपचारमा सहज बनाएका छौँ ।”
अस्पतालमा ‘गाइनोलोजिष्ट’ र ‘जनरल सर्जरी’को आवश्यक देखिएको जनाउँदै क्षेत्रीले आगामी दिनमा साकार बन्ने लक्ष्य राखिएको बताउनुभयो । “यहाँ जटिल प्रकृतिका बिरामीलाई पठाउने र लिने अस्पतालबीचको समन्वय हुन सकिरहेको छैन, त्यो हुन आवश्यक छ”, उहाँले भन्नुभयो ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो