३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जगन्नाथ रथयात्रा गरिँदै

१३ असार २०८२, शुक्रबार ११:५२
काठमाडौँ । अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) ले जगन्नाथ रथयात्रा महोत्सवको आयोजना गर्ने भएको छ ।
राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा आज एक विशेष समारोहकाबीच सो रथयात्रा महोत्सवको शुभारम्भ गर्न लागिएको हो । रथयात्राको राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् जगन्नाथको पूजाअर्चना र आरती गरी शुभारम्भ गर्नुहुने जनाइएको छ ।
इस्कोनले प्रत्येक वर्ष आषाढ शुक्ल द्वितीयाका दिन राजधानीमा रथयात्रा गर्ने गरेको छ । द्वापर युगमा गोपिनीहरुले द्वारकाबाट श्रीकृष्णलाई रथयात्रा गरी वृन्दावन लगेको सम्झनामा नेपालमा सन् १९७७ देखि यो यात्रा गर्न थालिएको इस्कोनका केन्द्रीय सचिव रुपेश्वर गौरवदासले राससलाई जानकारी दिनुभयो । आजका दिन नेपाललगायत १६५ देशमा यो यात्रा भइरहेको पनि उहाँले सुनाउनुभयो ।
जगन्नाथ रथयात्रा कमलादीबाट पुतलीसडक, भृकुटीमण्डप, शहीदगेट, नेपाल वायुसेवा निगम, न्यूरोड हुँदै टुँडिखेलमा पुगेर समापन गरिने इस्कोनले जनाएको छ । समापनपछि टुँडिखेलमै प्रसाद पनि वितरण गरिने उहाँले ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही