३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चुरेका नाङ्गा डाँडामा हरियाली अभियान

१४ असार २०८२, शनिबार १६:५८
काठमाण्डौ । जिल्लास्थित चुरे क्षेत्रका नाङ्गा डाँडाहरू हरियालीमा बदलिने भएका छन् । डिभिजन वन कार्यालय सिरहाले राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर लहान, गोलबजार, मिर्चैया, कर्जनालगायतका चुरे क्षेत्रमा एकसाथ वृक्षरोपण अभियान थालेको हो ।
लहान नगरपालिका–१५ मा पर्ने झौवाई खोल्सी चुडियाडाँडा सामुदायिक वन क्षेत्रको खाली जग्गामा वन कार्यालयको संलग्नतामा आज टिक, बाँसपाते, गोल्डमोहर, जामुन, अम्बकलगायत एक हजार ५०० बढी बिरुवा रोपिएका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगनलाल चौधरीले जानकारी दिनुभयो । उक्त बिरुवाको संरक्षण उपभोक्ता समितिले गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
लहान–१५ को कोइरालो खोला सामुदायिक वन उपभोक्ता समितिले पनि आँप, कागतीलगायत करिब ५०० फलफूलका बिरुवा वनभित्रको खाली क्षेत्रमा रोपेको समितिका अध्यक्ष रुद्र नारायण चौधरीले बताउनुभयो ।
‘एक नागरिक, एक बिरुवा’ भन्ने नारासहित यो महाअभियानले चुरे क्षेत्रका उजाड डाँडाहरूलाई फेरि हरियालीमा परिणत गर्ने लक्ष्य लिएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख शैलेन्द्रकुमार मिश्रले भन्नुभयो, “स्थानीय तह, सामुदायिक वन उपभोक्ता समिति र नागरिक समाजको सहकार्यमा थालिएको अभियानले चुरेको वातावरणीय संरक्षणमा ठूलो टेवा पुग्ने विश्वास लिएका छौँ ।”
चुरेको नाङ्गा डाँडामा गरिएको वृक्षरोपणलाई दिगो रूपमा संरक्षण गर्न आवश्यक रहेको भन्दै उहाँले ती बिरुवालाई जोगाएर हुर्काउने र वन क्षेत्रलाई स्थायी रूपमा हरियाली बनाउने कार्यमा स्थानीय सामुदायिक वन समितिसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने स्पष्ट पार्नुभयो । उहाँले माटोको कटान, भू–क्षय, पानीको अभावलगायत समस्या समाधान गर्न वृक्षरोपणले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
“चुरे पहाड र मधेशबीचको सम्बन्ध केवल भौगोलिक मात्र होइन, जलवायु, जलस्रोत, कृषि, जीविकोपार्जन र वातावरणीय सुरक्षासँग गाँसिएको विषय हो”, वातावरणविद् उमेश यादवले भन्नुभयो, “चुरे संरक्षित रह्यो भनेमात्र मधेस सुरक्षित रहन्छ । कृषि उत्पादन बढ्छ, बाढी र सुक्खा हुनेक्रम घट्छ । भविष्यका पुस्तालाई शुद्ध हावा र पानी उपलब्ध गराउन सकिन्छ । त्यसैले चुरे संरक्षणका लागि गम्भीर, दीर्घकालीन र समन्वित कदम चाल्न आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु