३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

डडेल्धुरामा ६० प्रतिशत रोपाइँ सम्पन्न

१४ असार २०८२, शनिबार १७:०७
काठमाडौँ । डडेल्धुरामा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । छ हजार १२० हेक्टर क्षेत्रफलमा धानखेती हुने यहाँ असार दोस्रोत सातासम्ममा करिब ६० प्रतिशत रोपाइँ सम्पन्न भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
समयमा मनसुनी वर्षा भएकाले यो वर्ष असार दोस्रो सातासम्ममा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख नरेन्द्र पनेरुले जानकारी दिनुभयो । नियमित रूपमा वर्षा भएकाले सिँचाइ हुने जमिनका साथै नहुने क्षेत्रमा पनि रोपाइँ गर्न किसानलाई सहज भएको छ । निरन्तरको वर्षा र समयमै धानको बेर्ना राख्न पाएएपछि प्रायजसो ठाउँमा रोपाइँ सम्पन्न गरिएको उहाँको भनाइ छ ।
जिल्लाको भित्रीमधेस क्षेत्र जोगबुडा, परशुराम आलितालमा मुख्य रूपमा धान रोपाइँ गरिन्छ । त्यसैगरी भागेश्वर, नवदुर्गा, अजयमेरु, गन्यापधुराको सकायल, कोराल, असिग्राम क्षेत्र, अमरगढीको केही स्थानमा वर्षे बालीका रूपमा धान रोप्ने हुने केन्द्रले जनाएको छ ।
समयमा रोपाइँ भएकाले धान उत्पादन पनि वृद्धि हुने विश्वास लिइएको प्रमुख पनेरुले बताउनुभयो । उहाँका अनुसार डडेल्धुरामा छ हजार हेक्टर बढी क्षेत्रफलमा वर्षे धान रोपाइँ हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु