२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोमान्थाङका विपन्न परिवारलाई च्याङ्ग्रा वितरण

१९ असार २०८२, बिहीबार १६:५७
 उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले सीमावर्ती क्षेत्रका विपन्न परिवारलाई च्याङ्ग्रा वितरण गरेको छ ।
लोमान्थाङ गाउँपालिकाले त्यहाँका स्थानीय परिवारको आर्थिक अवस्थामा सुधार पुगोस भनेर च्याङ्ग्राको माउ वितरण गरेको हो । चालु आर्थिक वर्ष २०८१/८२ को वार्षीक कार्यक्रमअनुसार त्यहाँका ३५ विपन्न परिवारलाई एक सय च्याङ्ग्राको माउ वितरण गरिएको लोमान्थाङ गाउँपालिकाका पशु सेवा शाखाका नायव पशु स्वास्थ्य प्राविधिक दिलिप पुर्जाले जानकारी दिनुभयो ।
लोमान्थाङका विपन्न नागरिकको जीवनस्तर उकास्न पाँचवटै वडामा सात सातवटा च्याङ्ग्राको माउ वितरण गरिएको हो । गाउँपालिकाले विपन्न नागरिकलाई च्याङ्ग्रा वितरण गर्न रु १० लाख खर्च गरेको प्राविधिक पुर्जाले बताउनुभयो ।
विपन्न परिवारलाई उनीहरुको जिवनस्तर उकास्न दुई वर्ष उमेरको प्रजनन् अवस्थाको वयस्क च्याङ्ग्राको माउ वितरण गरिएको लोमान्थाङ गाउँपालिकाले जनाएको छ ।
———

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल