2026-10-05 05:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवामा लगानी बढाउन र युवामैत्री शासन प्रवर्द्धनमा जोड

काठमाडौँ । युवामा लगानी बढाउन र युवामैत्री शासन प्रवर्द्धन गर्न युवाले जोड दिएका छन् ।
सहभागीहरूले राष्ट्रिय युवा परिषद्को स्थापनासँगै २०७५ साल चैतको ३० गतेको कार्यकारी बैठकले समग्र विकासलाई सकारात्मक परिणाम दिन तीनै तहका शासन प्रक्रियामा युवाको अर्थपूर्ण संलग्नता आवश्यक प्रणालीमा जोड्न, उनीहरूको अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्न तथा नीति कार्यक्रम बजेट र कार्यान्वयन युवालाई संलग्न गराउन माग गरेका छन् ।
नेपालको संविधान राष्ट्रिय युवा नीति युथ भिजन दिगो विकास लक्ष्य राष्ट्रका योजना राष्ट्रिय अन्तरराष्ट्रिय प्रतिबद्धताको कार्यान्वयनलाई जोड दिँदै युवा सहभागिता सुनिश्चित गर्ने उद्देश्यले युवामैत्री शासन प्रणालीको सुरुआत गरिएको जानकारी गराउँदै युवामैत्रीमा लगानी गर्न जोड दिइएको हो ।
राष्ट्रिय युवा परिषद् र जागृति बाल तथा युवा सरोकार नेपालको संयुक्त आयोजनामा काठमाडौँमा आयोजित छलफल कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक डा दीपेश घिमिरेले स्थानीय सरकारको नीति कार्यक्रम र बजेटमा युवा सहभागिता सुनिश्चित गर्न युवामैत्री स्थानीय शासन जरुरी रहेको बताउनुभयो ।
छयालिस सूचक भएको युवामैत्री शासनमा नीति निर्माण र कार्यान्वयनमा युवा संलग्नता सम्बन्धी १० वटा सूचक युवासँग सरोकारका विषयवस्तु सम्बन्धित २१ वटा सहभागिता र नेतृत्वसम्बन्धी सातवटा विशेष वर्ग तथा समुदायका युवासम्बन्धी आठ सूचक रहेको बताउँदै विभिन्न मन्त्रालय निकाय र निजी क्षेत्र सबैलाई समेटेर युवामैत्री शासन प्रवद्र्धन गर्न सकिने सहभागीले बताएका थिए ।
जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल, अधिकारकर्मी मीना शर्माले कार्यपत्रमाथि टिप्पणी गर्दै मानसिक स्वास्थ्य वैकल्पिक स्याहारबाट हुर्केका युवा ‘डिप्रेसन’मा परेका युवा जोखिममा परेका युवाको सन्दर्भमा तथा मानसिक स्वास्थ्य, जलवायु शासन, सामाजिक सुरक्षा र समावेशिताका विषयलाई थप व्यवस्थित गर्न सूचकमा थप सुधार गर्न जरुरी रहेको बताउनुभएको थियो ।
कार्यक्रममा युएनडिपीका विनीता कार्की, बिट्रिस काउन्सिलका केवल श्रेष्ठ, राष्ट्रिय युवा परिषद्का पूर्वसदस्य तिलोत्तम पौडेल र बालमैत्री अभियानकर्मी अशोक खनालले युवामा लगानी बढाउनु अहिलेको आवश्यकता रहेको भन्दै युवामैत्री लगानीको वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको थियो ।
यसैगरी, गाउँपालिका महासङ्घ विकासका साझेदार संस्था परिषद्का सदस्यसहित ४० भन्दा बढी सहभागी कार्यक्रममा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवामा लगानी बढाउनाले नै मुलुकको समृद्धि हुने बताउनुभयो ।
युवा नीति युथ भिजन राष्ट्रिय अन्तरराष्ट्रिय प्रतिबद्धताअनुरूप युवामैत्री शासनलाई अगाडि बढाउनेमा सबैको साथ र सहयोग जरुरी भएको बताउँदै बस्नेतले सबैलाई सहयोग गर्न र युवामैत्री शासनलाई स्थापित गर्न सहयोग पु¥याउन अपिल गर्नुभयो ।
परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले कार्यक्रमबारे जानकारी दिँदै राष्ट्रिय युवा परिषद्ले युवाको हकहित तथा अधिकारका निम्ति उपलब्ध स्रोतसाधनअनुरूप काम गरेको जनाउँदै सबैलाई सहकार्यका निम्ति अनुरोध गर्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड