2026-09-13 11:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मजदुरको न्यूनतम पारिश्रमिक कायम हुनुपर्नेमा जोड

2025-07-10
काठमाडौं । कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले मजुदरको जीवनयापनका लागि पुग्ने न्यूनतनम पारिश्रमिक वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रमार्फत ‘न्यूनतम पारिश्रमिक वृद्धि र श्रम कानुन कार्यान्वयन’सम्बन्धमा जिफन्टका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले आज बुझाउनुभएको चार बुँदे ज्ञापनपत्र बुझ्दै उहाँले मजदुरको सहज जीवनयापनका लागि पुग्ने पारिश्रमिक निर्धारण गर्न/गराउन प्रदेश सरकारले रोजगारदातासँग छलफल गरी कार्यान्वयन गराउने बताउनुभयो ।
मन्त्री राईले मजदुरहरूले मुलुकमा प्रजातन्त्र, लोकतन्त्रसहित सङ्घीयता स्थापनामा महत्त्वपूर्ण योगदान पुर्‍याएका चर्चा गर्दै श्रमिकको परिवारको पालनपोषणका लागि न्यूनतम पारिश्रमिक उपलब्ध गराउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मुलुकमा औद्योगिक उत्पादन वृद्धि गरी समृद्धि कायम गर्न मजदुरको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
जिफन्टका केन्द्रीय अध्यक्ष श्रेष्ठले मजदुरको न्यूनतम पारिश्रमिक रु ३० हजार ४४३ हुनुपर्ने आफ्नो माग रहेको बताउनुभयो । जिफन्टका प्रदेश अध्यक्ष किशोर धमला, ट्रेड युनियन कांग्रेसका प्रदेश अध्यक्ष नारायणबाबु कार्कीलगायतले मजदुरको न्यूनीयन पारिश्रमिक वृद्धि गरी सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाको व्यवस्था गराउनुपर्नेमा जोड दिनुभयो ।
यसअघि समन्वय केन्द्रले संसारीमाईस्थानमा निकालेको जुलुसले नगरको मुख्यमुख्य भागको परिक्रमा गरी महेन्द्र चोकमा पुगेर कोणसभामा परिणतमा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले