2026-10-05 01:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेन र गुरागाईंको संयुक्त सहभागिता : बजेट रोकिएको महानगरमा आज मोडिने सम्भावना

काठमाडौं | काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार बस्दैछ। शुक्रबार दिउँसो २ बजे बस्नेगरी मेयर बालेन शाहले कार्यपालिका बैठक बोलाएका छन्। काठमाडौं महानगरले नीति तथा कार्यक्रम र बजेट ल्याएको छैन। स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने उल्लेख छ।

तर मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको द्वन्द्वका कारण कार्यपालिका बैठक बस्न नसक्दा तोकिएकै समयमा बजेट ल्याउन महानगर असफल भएको छ। उपमेयर सुनिता डंगोल र केही वडाध्यक्षहरूले लगातार छलफल गरेपछि मेयर बालेन प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई बिदामा राखेर कार्यपालिका बैठक बोलाउने पक्षमा थिए।

शुक्रबार भने प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई सँगै राखेर बैठक बस्न बालेन तयार भएका छन्। दिउँसो २ बजे बस्ने कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतलाई पनि आमन्त्रण गरिएको मेयर बालेनको सचिवालयले जनाएको छ।

मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहका अनुसार प्रमुख प्रशासकीय अधिकृतसहित सबै सदस्यहरूलाई कार्यपालिका बैठकका लागि आमन्त्रण गरिएको छ। ‘प्रमुख प्रशासकीय अधिकृतलाई पनि कानुनअनुसार बैठकका लागि आमन्त्रण गरेका छौं,’ उनले भने।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पनि बैठकका लागि मेयर बालेनले बोलाएको बताए।’म अहिले अफिस जाँदै छु। बैठकका लागि मेयर साबले बोलाउनुभएको छ। पहिले पनि बाधक बन्दिन भनेको थिएँ,’ उनले भने। आज कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट निर्धारण सिमा समितिको बैठक बस्नेछ। मेयर नेतृत्वमा रहेको उक्त समितिमा प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहन्छन्।

बजेट निर्धारण सिमा समितिको बैठकपछि उपमेयर नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ। त्यसपछि कार्यपालिको बैठक बस्नेछ। कार्यपालिका बैठकमा विभिन्न विभागहरूबाट ल्याएका प्रस्तावहरू पेस हुनेछ।

त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छलफल गर्ने कार्यसूची रहको मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए। आजकै कार्यपालिका बैठकले नगर सभा बोलाउन मिति तय गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य