2026-10-05 12:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रभु बैंकका ग्राहकले स्वास्थ्य सेवा लिँदा विशेष छुट पाउने

काठमाडौँ | प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले ललितपुरको झम्सिखेल र पुल्चोकस्थित होपफुल हराइजन नेपाल प्रालिमा मानसिक स्वास्थ्यसम्बन्धी सेवाहरू लिँदा विशेष छुट पाउने भएका छन् ।

सोसम्बन्धी सम्झौतापत्रमा प्रभु बैंकका प्रमुख मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठ र होपफुल हराइजन नेपालकी डा. प्रकृति प्रधान (कन्सल्टेन्ट साइक्रेयाट्रिस्ट) ले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतासँगै अब प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले होपफुल हराइजन नेपालबाट मानसिक स्वास्थ्यसम्बन्धी विभिन्न किसिमका स्वास्थ्य सेवा लिँदा विशेष छुट पाउनेछन् । उक्त कार्यक्रममा प्रभु बैंककी प्रिभिलेज बैंकिङ प्रमुख अन्जु बस्नेतको पनि उपस्थिति थियो ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभिलेज कार्डमध्ये कुनै एक होपफुल हराइजन नेपाल प्रालिमा पेस गर्नुपर्ने बैंकले जनाएको छ ।

होपफुल हराइजन नेपाल प्रालि नेपालको एक दक्ष एवं अनुभवी विशेषज्ञहरूको टोलीद्वारा निजीक्षेत्रबाट सञ्चालित मानसिक स्वास्थ्य सेवाप्रदायक संस्था हो । यस संस्थाले सबै उमेर समूहका लागि विभिन्न किसिमका मानसिक स्वास्थ्यसम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ ।

त्यसैगरी, ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रूपमा रहेको तथा ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो