Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौँको टुसालचौर खेल मैदानमा एक युवती मृतावस्थामा फेला

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | काठमाडौँको तारकेश्वर नगरपालिका-८ स्थित पिपलडाँडा टुसालचौर खेल मैदानमा एक युवती मृतावस्थामा फेला परेकी छिन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार टुसालचौर खेल मैदानको बारमा झुण्डिएको अवस्थामा युवतीको शव फेला परेको हो।

उक्त शव धादिङको ज्वालामुखी गाउँपालिका–३ घर भई हाल तारकेश्वर–४ शेषमति बस्ने २६ वर्षीय तिलमाया तामाङको रहेको प्रहरीले जनाएको छ। तिलमाया गए रातिदेखि हराएकी उनकी दिदी केशरीमाया पुलामीले जानकारी दिएकी छन्।

 

प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।