2026-09-13 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सिद्धबाबाको जबरजस्ती करणी मुद्दा रोक्ने,ओली सरकारको निर्णय: न्याय खोज्ने पीडितलाई ठूलो झट्का

काठमाडौँ | सिद्धबाबाविरुद्ध चल्दै आएको जबरजस्ती करणीसम्बन्धी मुद्दा अगाडि नबढाउने ओली सरकारले निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै पीडितलाई सर्वोच्च अदालत जाने बाटोमा राज्यबाटै अवरोध उत्पन्न भएको छ । प्रधानमन्त्रीको कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्ताको कार्यालयले जिल्ला सरकारी वकिल कार्यालय सुनसरीलाई लिखित सर्कुलर पठाएर ‘मुद्दा मुद्दा नचलाउने ’ निर्णय सुनाएको हो ।

महान्यायाधिवक्ता कार्यालयले सिद्धबाबाको फैसला सर्वोच्च अदालतमा नलैजाने निर्णय गत असार १७ गते नै गरेको कार्यालय स्रोतले बतायो । उक्त निर्णयसँगै महान्यायाधिवक्ता कार्यालयले मुद्दाको मिसिलसमेत जिल्ला सरकारी वकिल कार्यालय सुनसरीमा फिर्ता पठाइदिएको छ । सरकारी वकिल कार्यालयले उच्च अदालत विराटनगरको फैसला दोहो¥याउन पाउँ भन्ने प्रस्तावसहितको मिसिल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो ।

परिवर्तित नाम २६ परिसर २७, को जाहेरीले ६ वर्षअघि सुनसरी जिल्ला अदालतमा चतराधामका रामकृष्ण आचार्य श्री वैष्णवकृष्णदास भन्ने कृष्णबहादुर गिरी उर्फ सिद्धबाबाविरुद्ध जबर्जस्ती करणी मुद्दा परेको थियो । उक्त मुद्दामा सुनसरी जिल्ला अदालतले सिद्धबाबाद्वारा करणी भएको ठहरसहितको फैसला सुनाएको थियो ।

बादी र प्रतिवादी दुबै पक्ष फैसलामा चित्त नबुझी उच्च अदालत विराटनगर गएका थिए । उच्चले उक्त मुद्दाको फैसला नमिलेको भन्दै सुनसरी जिल्ला अदालतमै फिर्ता पठाएको थियो । पछि जिल्लाबाट सिद्धबाबाले सफाइ पाएका थिए । सो मुद्दामा उच्च अदालत बिराटनगरले पनि जिल्लामै फैसला सदर गरिदिएको थियो ।

जबरर्जस्ती करणीको मुद्दा सरकारवादी हुन्छ । तर, उच्चको फैसलासँगै अब सरकारले यो मुद्दा सर्वोच्च अदालतमा नलैजाने निर्णय गरेको छ ।

‘न्यायको ढोका बन्द गर्ने निर्णय भएको हो भने त्यो, दुःखदायी कुरा हो,’ पीडितका आपन्त भन्छन्, ‘महान्यायधिवक्ता कार्यालयले मुद्दा अघि नबढाउने निर्णय गरेको आधिकारिक जानकारी हामीले पाएका छैनौं । यदि त्यो सत्य रहेछ भने हामी आफैं न्याय माग्न सर्वोच्च अदालतमा जानेछौं ।’

सिद्धबाबाले उच्च शक्तिकेन्द्र प्रयोग गरेर आफूहरुमाथि दबाव दिँदै आएको पीडित पक्षले गुनासो गरिरहेका बेला महान्यायाधिवक्ता कार्यालयले सिद्धबाबाको मुद्दामा पुनरावेदन गर्न पाउने पीडितको हकलाई ढोकाबन्द गरिदिएको हो ।

पीडितका आफन्त भन्छन्, ‘सम्मानित सर्वोच्च अदालतले भविष्यमा जे निर्णय गर्ला, त्यो हाम्रा लागि मान्य हुनेछ । तर, न्याय माग्न जाने ढोका नै बन्द गरिदिने निर्णय गरिनु भनेको हामीमाथि राज्यबाटै अन्याय हुनु हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले