2026-10-05 07:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६० प्रतिशत जारको पानीमा फिकल कोलिफर्म भेटीएपछी छानबिनको माग

काठमाडौँ | नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले पिउनका निम्ति वितरित जारको पानीमा कोलिफर्म भेटिएको भन्दै नागरिकको स्वास्थ्य जोखिमबारे सरकारको ध्यानाकर्षण गराएकी छन् ।

सोमबार (साउन १९) प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले सहरी क्षेत्रका बासिन्दा गम्भीर स्वास्थ्य चुनौतीको सामना गर्न बाध्य भएको बताइन् । “ललितपुरको गोदावरीमा ललितपुर स्वास्थ्य कार्यालयले गरेको परीक्षणमा ६० प्रतिशत जारको पानीमा फिकल कोलिफर्म भेटिएको छ, जसले पिउने पानीमा ढलजन्य पदार्थको मात्रा भएको प्रमाणित गर्छ,” उनले भनिन्, “सुरक्षित मानेर पिएको पानी नै रोगको स्रोत बनिरहेको छ ।”

विभिन्न भाइरल रोग फैलिरहेको भन्दै उनले पानीमा निगरानी बढाउन माग गरिन् । “अहिलेको अवस्थामा अस्पतालहरूमा झाडापखाला, भाइरल हेपाटाइटिस र टाइफाइडका बिरामी तीव्र रूपमा बढेका छन् । गत वर्ष यस्तै प्रदूषणका कारण हैजा फैलिएको थियो,” सांसद गौतमले भनिन्, “मनसुन सुरु भइसकेकाले महामारीको खतरा अझ बढेको छ । म सरकारसँग तत्काल प्रभावकारी कदम चाल्न आग्रह गर्दछु ।”

उनले सबै जारको पानी आपूर्र्तिकर्ता कम्पनीमा कडाइका साथ नियमित निरीक्षण र परीक्षणको नतिजा पारदर्शी रूपमा सार्वजनिक गर्न पनि माग गरिन् । पिउने पानी प्रणालीलाई भरपर्दो बनाउन समेत उनले माग गरिन् ।

“सहरमा पानी प्रशोधन प्रणाली सुदृढ पार्न ठोस पहल होस् र सुरक्षित खानेपानीबारे व्यापक जनचेतना अभियान तत्काल सञ्चालन होस्,” उनले भनिन्, “यो केवल स्वास्थ्यको विषय मात्र होइन, यो राज्यले नागरिकको सुरक्षित पानी पिउने अधिकारको रक्षा गर्ने संवैधानिक दायित्व पनि हो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर