2026-09-13 04:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“सीमा विवादको छानबिन तीव्र: १३ जनामा ११ पक्राउ, जसमा वडाध्यक्ष पनि समावेश”

काठमाडौँ । तार्केश्वर नगरपालिका–११ का अध्यक्ष कविराज बस्नेतसहित ११ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दका अनुसार ११ जनालाई पक्राउ गरिएको हो । उनीहरू पक्राउ पर्नुमा भने सीमा विवादपछिको स्थिति जोडिएको छ ।

शहरी विकास प्राधिकरणले खोला करिडोरको बाटो विस्तार गर्ने भन्दै टेन्डर आयोजना गरेको थियो । सो अनुसार ठेकेदारले काम अघि बढाएका थिए । काठमाडौं महानगरपालिका–१६ र तार्केश्वर–११ को सीमामा पर्ने उक्त करिडोर बनाउने क्रममा भने सीमा विवाद भएको थियो ।

सो क्रममा २३ असारमा झडप हुँदा एक जनाको टाउकामा चोट समेत लागेको थियो । चोट लागेका ती व्यक्तिले सरकारी वकिलको कार्यालयमा उजुरी दिएका थिए । सरकारी वकिल कार्यालयबाट आएको जाहेरी दर्ता गरेर अहिले अनुसन्धान अघि बढाइएको एसपी चन्दले बताए ।

 

१३ जनाविरुद्ध जाहेरी आए पनि दुई जनाको हकमा भने यकिन ठेगाना खुल्न नसकेकाले पक्राउ गर्न नसकिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले