2026-10-05 07:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरीकै संरक्षणमा बहुविवाह,बस्नेतको आरोप– ‘मिडियाबाट न्याय खोज्दै छु’ज्यान मार्ने धम्की दिइरहेको छ

काठमाडौँ | प्रहरी परिसर भक्तपुरमा कार्यरत भरत बस्नेतले बहुविवाह गरेको भन्दै श्रीमती सावित्रा बस्नेतले कारबाहीको माग गरेकी छिन्। बुधबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै उनले प्रहरी संगठनले अभियुक्त भगाउन मद्त गरेको भन्दै न्यायको लागि मिडिया धाउनु परेको गुनासो गरेकी छिन्।

श्रीमान्ले कास्कीकी मीना बानियाँसँग दोस्रो बिहे गरेपछि जिल्ला परिसदमा उनले उजुरी दिएकी थिइन्। जिल्ला अदातलले पनि पक्राउ पुर्जी दिएपछि परिसदकै सुराकीमा श्रीमान् प्रहरीकै युनिफर्ममा फरार रहेको उनको आरोप छ। श्रीमान् फरार रहेको शुक्रबार १९ दिन पुग्यो।

सावित्राका श्रीमानले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गरेका छन्। तर, श्रीमतीले आफू कसैसँग सम्बन्धमा नरहेको, श्रीमतीको कर्तव्यबाट कहिँ पनि नचुकेको र साथै श्रीमानलाई प्रेम गर्ने हुँदा सम्बन्ध विच्छेदका लागि आफू तयार नभएको स्पष्ट पारिन्।

सम्बन्ध विच्छेद नहुँदै श्रीमानले कान्छी लिएर बसेको भन्दै उनले श्रीमानले कानून अनुसारको सजाय पाउनुपर्ने माग राखेकी छन्। मुलुकी अपराधसंहिता २०७४ को १७५ को उपदफा ४ बमोजिम भरत बस्नेत र मीना बानियाँलाई तत्काल पक्राउ गरी कारबाही गर्न उनको माग छ।

श्रीमानले बारम्बार आफू र दुई छोराछोरीलाई ज्यान मार्ने धम्की पनि दिइराख्ने हुनाले सुरक्षाको लागि अपिल गरेकी छन्। भरत र सावित्राले २०६८ साल वैशाखमा प्रेम विवाह गरेका थिए। हाल उनीहरुको साथमा १४ वर्षीय छोरा र ११ वर्षीया छोरी छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर