2026-10-05 06:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानव तस्करीको झस्काउने दृश्य: भारतबाट मिर्गौला बेचेर फर्काइयो, ४ जना प्रहरी फन्दामा

काठमाडौँ | सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेललाई भारत पुर्‍याएर मिर्गौला निकालिएको घटनामा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ।

कुमार भन्ने राजकुमार नेपाली, राकेश नेपाली र अर्का एक जना व्यक्तिलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। उनीहरूलाई बुधबार र बिहीबार विभिन्न ठाउँबाट पक्राउ गरेर ल्याइएको मानव बेचबिखन अनुसन्धान ब्युरोको एसएसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

अनुसन्धानका क्रममा घटनामा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरिएको हो। त्यसमध्ये तीन जनालाई म्याद थप गर्नका लागि आज जिल्ला अदालत लगिएको छ। ‘एक जनालाई भने थप सोधपुछ गर्न बाँकी रहेकाले आज म्याद थप गरिएको छैन,’ उनले भने।

अहिलेसम्म यस घटनामा ४ जना पक्राउ परेका छन्। आज बिहानमात्र नुवाकोटका समीर परियार पक्राउ परेका थिए।

सिन्धुलीको दुधौली नगरपालिका-१ का भुजेललाई काठमाडौंबाट होटलमा जागिर लगाइदिन्छु भन्दै भारत पुर्‍याएर मिर्गौला बेचेर स्वदेश फर्काइदिएको थिए। समीर र कुमारले नै खिलबहादुरलाई भारतबाट जिम्मा लिएर नयाँबसपार्कसम्म ल्याएको प्रहरी अनुसन्धानमा खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर