२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार

३१ श्रावण २०८२, शुक्रबार १६:१२

काठमाडौँ | सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको रिट दर्ता गर्न अस्वीकार गरेको छ। अधिवक्ता यज्ञमणि न्यौपानेले संसद्‌ विघटनविरुद्धको फैसलामा राणाले हस्ताक्षर गर्न नमानेको विषयमा बुधबार रिट दायर गरेका थिए।

‘फैसला तयार तथा प्रमाणीकरणको कार्य न्यायीक प्रक्रियाको अंग भएकाले यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत दर्ताका लागि पेस हुन आएको प्रस्तुत निवेदन दर्ता गर्न मिलेन। मुलुकी देवानी कार्यविधि संहिता, ०७४ को दफा १२८ तथा सर्वोच्च अदालत नियमावली ०७४ को नियम १८ बमोजिम दरपिठ गरिदिइएको छ’ रजिस्ट्रार मानबहादुर कार्कीले शुक्रबार आदेशमा उल्लेख गरेका छन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ पुस ५ गते पहिलोपटक संसद् विघटन गरेका थिए। यो मुद्दामा तत्कालीन प्रधानन्यायाधीश राणा नेतृत्वको संवैधानिक इजलासले ०७७ फागुन ११ गते संसद् विघटन बदर गर्दै फैसला सुनाएको थियो।

 

फैसलाको पूर्ण पाठ तयार भएर अन्य न्यायाधीशले सही गरे पनि राणाले भने सही गर्न नमान्दा पूर्ण पाठ सार्वजनिक हुन सकेको छैन। निवेदक न्यौपानेले राणाको नाममा फैसला तयार तथा सही छाप गर्ने कार्य नरोक्नू भनी अन्तरिम आदेशसमेत जारी गर्न माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो