२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार

२०८२, ३१ श्रावण शुक्रबार १६:१२

काठमाडौँ | सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको रिट दर्ता गर्न अस्वीकार गरेको छ। अधिवक्ता यज्ञमणि न्यौपानेले संसद्‌ विघटनविरुद्धको फैसलामा राणाले हस्ताक्षर गर्न नमानेको विषयमा बुधबार रिट दायर गरेका थिए।

‘फैसला तयार तथा प्रमाणीकरणको कार्य न्यायीक प्रक्रियाको अंग भएकाले यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत दर्ताका लागि पेस हुन आएको प्रस्तुत निवेदन दर्ता गर्न मिलेन। मुलुकी देवानी कार्यविधि संहिता, ०७४ को दफा १२८ तथा सर्वोच्च अदालत नियमावली ०७४ को नियम १८ बमोजिम दरपिठ गरिदिइएको छ’ रजिस्ट्रार मानबहादुर कार्कीले शुक्रबार आदेशमा उल्लेख गरेका छन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ पुस ५ गते पहिलोपटक संसद् विघटन गरेका थिए। यो मुद्दामा तत्कालीन प्रधानन्यायाधीश राणा नेतृत्वको संवैधानिक इजलासले ०७७ फागुन ११ गते संसद् विघटन बदर गर्दै फैसला सुनाएको थियो।

 

फैसलाको पूर्ण पाठ तयार भएर अन्य न्यायाधीशले सही गरे पनि राणाले भने सही गर्न नमान्दा पूर्ण पाठ सार्वजनिक हुन सकेको छैन। निवेदक न्यौपानेले राणाको नाममा फैसला तयार तथा सही छाप गर्ने कार्य नरोक्नू भनी अन्तरिम आदेशसमेत जारी गर्न माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी