Skip to content
Friday, July 17, 2026 Nepali Online Media

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | काठमाडौँ महानगरपालिका-१५ अन्नपूर्ण चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१८ बस्ने ४५ वर्षीय राजु नापितसमेत नौ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार १ सय ४५ रुपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।