२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नयाँ संसद्लाई ६ महिनाभित्र कार्यभार सुम्पिने प्रधानमन्त्री कार्कीको अठोट

२९ भाद्र २०८२, आईतवार १४:०९

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभित्र नयाँ संसद्लाई कार्यभार सुम्पिने आफ्नो अठोट रहेको बताउनुभएको छ ।

आज सिंहदरबारमा पदभार ग्रहणपछि उच्च सरकारी अधिकारीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले ६ महिनाभन्दा धेरै नबस्ने भन्दै त्यही बीचमा आउने नयाँ संसद्लाई कार्यभार सुम्पिने बताउनुभयो ।

सुरक्षा निकाय तथा अन्य सबैको साथविना यो सम्भव नहुने भन्दै उहाँले चुनाव सम्पन्न गर्न सहयोगको अपील पनि गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले सिंहदरबार, सर्वाेच्च अदालत, प्रहरी चौकी लगायतका अत्यावश्यक र महत्त्वपूर्ण ठाउँमा किन आगो लगाइयो भन्दै यसबाट लाज पनि लागेको बताउनुभयो । यस्तो आगजनी गर्नेलाई नेपाली कसरी भन्ने भन्दै उहाँले ‘जेन–जी’ को आन्दोलनमा घुसपैठ भएको हुन सक्ने उल्लेख गर्नुभयाे ।

‘जेन–जी’ आन्दाेलनमा षड्यन्त्र भएको शङ्का गर्दै उहाँले अनुसन्धान गरेर नोक्सान गर्नेहरूलाई छानबिन गर्नुपर्ने बताउनुभयो । आफू रहरले नभई सडकबाट उठेको आवाज नकार्न नसकेर बाध्य भई जिम्मेवारी लिएको कार्कीकाे भनाइ छ ।

कार्कीले भन्नुभयो, ‘देशको अत्यन्त आवश्यक संस्थाहरूमाथि छानीछानी प्रहार भएको छ । प्रहरीहरू सुरक्षाका लागि अनिवार्य थिए, उनीहरूमाथि नै प्रहार भयो, प्रहरी चौकीहरू जले । अदालतका फाइलहरू नष्ट भए ।

सिंहदरबारभित्रका पनि कैयौं फाइलहरू नष्ट भए । मलाई यो देखेर लाज पनि लागेको छ । नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ?’

‘जेन–जी’ आन्दाेलनका क्रममा भदौ २४ गते प्रर्दशनकारीहरूले विभिन्न सरकारी संस्था, राजनीतिक दलका पार्टी कार्यालय, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिका घरहरूमा आगजानी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार रोड्रिगेजको कडा जवाफः भेनेजुएला विदेशी नियन्त्रणमा छैन स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृत्यु कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा