२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नयाँ संसद्लाई ६ महिनाभित्र कार्यभार सुम्पिने प्रधानमन्त्री कार्कीको अठोट

२०८२, २९ भाद्र आईतवार १४:०९

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभित्र नयाँ संसद्लाई कार्यभार सुम्पिने आफ्नो अठोट रहेको बताउनुभएको छ ।

आज सिंहदरबारमा पदभार ग्रहणपछि उच्च सरकारी अधिकारीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले ६ महिनाभन्दा धेरै नबस्ने भन्दै त्यही बीचमा आउने नयाँ संसद्लाई कार्यभार सुम्पिने बताउनुभयो ।

सुरक्षा निकाय तथा अन्य सबैको साथविना यो सम्भव नहुने भन्दै उहाँले चुनाव सम्पन्न गर्न सहयोगको अपील पनि गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले सिंहदरबार, सर्वाेच्च अदालत, प्रहरी चौकी लगायतका अत्यावश्यक र महत्त्वपूर्ण ठाउँमा किन आगो लगाइयो भन्दै यसबाट लाज पनि लागेको बताउनुभयो । यस्तो आगजनी गर्नेलाई नेपाली कसरी भन्ने भन्दै उहाँले ‘जेन–जी’ को आन्दोलनमा घुसपैठ भएको हुन सक्ने उल्लेख गर्नुभयाे ।

‘जेन–जी’ आन्दाेलनमा षड्यन्त्र भएको शङ्का गर्दै उहाँले अनुसन्धान गरेर नोक्सान गर्नेहरूलाई छानबिन गर्नुपर्ने बताउनुभयो । आफू रहरले नभई सडकबाट उठेको आवाज नकार्न नसकेर बाध्य भई जिम्मेवारी लिएको कार्कीकाे भनाइ छ ।

कार्कीले भन्नुभयो, ‘देशको अत्यन्त आवश्यक संस्थाहरूमाथि छानीछानी प्रहार भएको छ । प्रहरीहरू सुरक्षाका लागि अनिवार्य थिए, उनीहरूमाथि नै प्रहार भयो, प्रहरी चौकीहरू जले । अदालतका फाइलहरू नष्ट भए ।

सिंहदरबारभित्रका पनि कैयौं फाइलहरू नष्ट भए । मलाई यो देखेर लाज पनि लागेको छ । नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ?’

‘जेन–जी’ आन्दाेलनका क्रममा भदौ २४ गते प्रर्दशनकारीहरूले विभिन्न सरकारी संस्था, राजनीतिक दलका पार्टी कार्यालय, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिका घरहरूमा आगजानी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना