संयुक्त विद्यार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

संयुक्त विद्यार्"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्जिनियरिङ कलेजलाई निजीकरण हुन दिन नहुने भन्दै विद्यार्थी सडकमा

४ आश्विन २०७४, बुधबार ०९:१५

असोज ४, काठमाडौं । भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजलाई निजीकरण हुन दिन नहुनेमा विशेष जोड दिदै बिधार्थी सडकमा उत्रियका छन् ।


संयुक्त विद्यार्थी संगठनहरुले बुधबार भक्तपुरको सल्लाघारी चोकको सडकमा नेपाल इन्जिनियरिङ कलेजको भविष्य विषयक सडक बहस गरेका छन् । 

बहसमा चाँगुनारायण नगरपालिकाका  नवनिर्वाचित प्रमुख सोम मिश्र, एमाले समर्थित अनेरास्ववियुका केन्द्रीय महासचिव ऐन महर, माओवादी केन्द्र समर्थित अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव उत्तम अधिकारीलगायतले इन्जिनियरिङ कलेजलाई निजीकरण हुन दिन नहुनेमा विशेष जोड दिए । । 

सामाजिक संस्था ऐन अन्तर्गत नाफा नलिने हिसावले गैरनाफामुलक रुपमा सञ्चालित कलेजलाई पछिल्लो पटक सञ्चालक समितिका अध्यक्ष लम्वोदर न्यौपानेले निजीकरण गरी प्राइभेट लिमिटेड बनाएका थिए । यही कारण विद्यार्थी आन्दोलित छन् । यही कारण कलेज बन्द छ । पढाई अवरुद्ध हुँदै आएको छ ।

कलेजलाई निजीकरण नगरी गैरनाफामुलक रुपमै सञ्चालन गर्न कार्यकारी अध्यक्ष लम्वोदरले सहमति जनाएका थिए । तर सहमतिको एक हप्ता वितिसक्दासमेत सहमति अनुसार काम नगरेको भन्दै पछिल्लो सयम विद्यार्थी सडकमा पुगेका हुन् ।

कार्यकारी अध्यक्ष लम्वोदरले एक हप्ता अगाडि भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, भक्तपुर जिल्ला समन्वयन समितिका अध्यक्ष नवराज गेलाल, सञ्चालक समितिका सात जना नै पदाधिकारीको संयुक्त बैठकमा निजीकरण नगरी गैरनाफामुलक रुपमा सञ्चालन गर्न सहमति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह