२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साँझ हुँदासम्म पनि उनको घरमा बत्ती नबलेपछी…

२०७४, ४ आश्विन बुधबार ०९:५८

प्रेम सुनार | असौज–४, गुल्मी । गुल्मीको छिमेकी जिल्ला अर्घाखाँचीको छत्रदेव गाउँपालिका ७, साविकको भगवती गाउँमा एक वर्ष नपुग्दै फेरी अर्को मानिसको हत्या भएको छ । भुस्खाता भनेर चिनिने  साविकको भगवती गाविसमा गत वर्ष साँझको समयमा एकजना व्यक्तिले आफ्नो साथीको हत्या  गरेका थिए । त्यसै गाउँको काउले, उपल्लोधारा टोलमा  आज विहान एउटी ७७ बर्षीया वृद्धाको विभत्स हत्या भएको  शव फेला परेको छ ।

७७ बर्षकी श्यामकला पाण्डेको अज्ञात समुहबाट हत्या भएको प्रहरीले जनाएको छ ।हिजो साँझ रक्ताम्य अवस्थामा उनकै घरमा शव भेटिएको छिमेकी राम प्रसाद पाण्डेले बताए ।

घटनाको प्रकृति हेर्दा सिलौटाले टाउकोमा प्रहार गरेर हत्या भएको पाईएको छ । अहिले विहान घटना स्थलको अनुसन्धान गरी शव पोष्टमार्टमका लागि सन्धीखर्क ल्याईएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी  एकनारायण कोईरालाले बताए । प्रारिम्भक अनुसन्धानको चरणमा भएकोले अहिले केहि वोल्न नमिल्ने उनको भनाई छ ।  मृतकको टाउँको र चिउँडोमा विभत्सव चोटहरु छन् । मुल अगेनाको छेउँमा मकै छोडाउँदै बसेकी बृद्धलाई लिस्नो मुनी राखिएको सिलौटो  प्रहार गरेको घटना स्थलको प्रकृतिले देखाउँ छ । भुईमा रगत जमेको छ । मकैहरु रगतले भिजेका छन् । उनले कानमा लगाएको सुनको मडवारी  छैनन्  ।   घाँटीको सिक्री आधा उनको हातमा र आँधा भुइँमा भेटिएको छ ।

कसरी थाहा भयो ? 

दिनभरी पानी परेको थियो । साँझ हुँदासम्म पनि उनको घरमा बत्ती बलेन ।

स्थानीय गीता पाण्डेले घरमा बोलाउन जाँदा उनले घरभित्र शव देखिन् । उनी आत्तिदै छिमेकमा खबर गरिन् । र, स्थानीयले प्रहरीलाई खबर गरे ।

त्यस दिन के भएको थियो ?

जेठा छोरा कमल प्रसाद पाण्डे बिहान ७ बजे घरबाट निस्किए ।

बुटवलमा बस्दै आएका उनका जेठा छोरा ४ दिनअघि मात्र बाबुको श्राद्ध गर्न घर पुगेका थिए ।

प्रहरीका अनुसार बिहान १० बजे छोरी राधिकासँग उनले फोनमा कुराकानी गरेको देखिएको छ ।

त्यसैगरी, बिहान ११ बजे माइलो छोरा राम प्रसाद पाण्डेसँग उनको फोनमा कुराकानी भएको थियो ।

माइलो छोरा भैरहवामा व्यवसाय गरेर बसेका छन् ।उनको कान्छा छोरा बाबुराम पाण्डे भने वैदेशिक रोजगारीको सिलसिलामा दुबइमा छन् । 

घटना थाहा पाएपछि उनी आजै नेपाल आउँदैछन् ।

एक्लै घर छाडेर पनि छोराहरुकै चिन्ता 

विहान छोरी राधिका संग फोन गरेर छोराले राम्ररी केहि खान पाएन भन्दै आमा रुनु भएको भैरहवाबाट माईत आमाको शव भेट्न आएकी छोरीले बताईन । 

यसपाली दशैं सवै परिवारले यतै घर मनाउने हो भन्दै उनले हिजै विहान माईला छोरा संग कुरा गरेकी थिईन । उनले माईली बुहारीलाई तिमी पहिल्लै आउन तिमी नभए सुन्य हुन्छ मैले एक्लै दशैको सरसमान जुटाउन पनि सक्दीन भनेको बुहारीले गहभरी आँशु पादै भनिन् । २२ महिना अघि उनका श्रीमानको निधन भए देखि नै  एक्लै बस्दै आएकी थिईन । यस अघि पनि पटक पटक उनको घरवारीमा तरकारी लगायतको चोरी हुँदै आएको थियो । उनले मान्छेको नाम नबताई छिमेकीहरुसंग मलाई एक दिन त्यसैले ज्यान लिने भयो समेत भनेकी थिईन् । 

३ सय घरधुरीमा बृद्ध बृद्धा मात्रै घर कुरुवा 

त्यस साविकको भगवती गाविसमा करिव ३ सय घरधुरी रहेको र ति प्राय प्रत्येक घरधुरमा छोरा छोरी विभिन्न पेशा व्यवसाय देश विदेशमा बस्ने र बृद्ध बृद्धा मात्रै घर कुरेर बस्ने गरेको स्थानिय समाज सेवी रामप्रसाद पाण्डेले बताएए । घरमा बृद्ध बृद्धाहरु मात्रै बस्ने भएकोले अपराधिक प्रबृद्धिका मानिसहरुले लुटे आक्रमण गरे गुहार दिने युवाहरु गाउँमा नभएकोले यस घटनाबाट बृद्धहरु त्रसित हुन थालेको उनले बताए । 

 मलामी जाने युवाहरु पाईदैन् । महिला र बृद्धहरु मलामी जाने गरेका छन् । त्यहाँका युवाहरु बढि मात्रमा गुल्मीको सदरमुकाम तम्घासमा विभिन्न व्यवसाय गर्छन् । श्रीमतिलाई उतै राख्छन् । बृद्ध बृद्धा आमा बाबुलाई घरमा राख्छन् । तिनै बृद्ध वावु आमाले पालेको  गाई भैसीको दुध भने वजारमा बसेका छोरा बुहारीहरुलाई नभई हुँदैन् ।

हत्या गरिएकी ति बृद्धा पनि पारीको वारीमा पुगेर धेरै मुठा घाँस काटेकी थिईन् । दुई वटा भैरी र एउटा गाई पालेकी र ८० रोपनी भन्दा बढि जमिनमा उनी एक्लैले खेती गर्दै आएकी थिईन् । उनको हत्या भएको खवर पाउन साथ बृद्ध बृद्धाहरु त्रसित मुद्रामा देखिन्थे ।  त्यस गाउँमा विसौनाका बा भनेर चिनिने चुरामणी पाण्डे ८४ वर्षिय बृद्धका चार छोराहरु छन् ।

उनको श्रीमतिको मृत्यु भएको तिस वर्ष देखि उनि एक्लै घर बस्दै आएका छन् । खेतीपाती , पशुपालन उनले एक्लै धान्दै आएको बताउँ छन् । कोही छोरा बुटवल कोही अन्य ठाउँमा बुहारी सहित लिएर  बसको र आफुले एक्लै घर धानेको बताए । खै आफुहरुलाई पनि यसरी नै कसैले मार्ने हुन कि भन्ने डर लाग्न थाल्यो उनले भने गुहार दिन कोही छैन् । दुख विमारको वेला पानी दिने कोही हुन्न ? भन्ने प्रश्नमा उनले आकाश तर्फ औंला देखाउँदै भने छन माथी ईस्वर । गाउँमा युवाहरु नहुँदा जोत्ने मान्छे अन्य गाउँबाट मगाउने गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण