२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

राजविराजको वडा नं १५ मा मतदान शुरु

२०७४, ५ आश्विन बिहीबार ०६:२१

असोज ५, सप्तरी। सप्तरीको राजविराज नगरपालिका वडा नं १५ मा आज बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन शुरु भएको छ । 

उक्त वडामा भदौ ३१ गते राजपा नेपालका उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि स्थगित भएको निर्वाचन आज भएको जिल्ला निर्वाचन कार्यालय, सप्तरीले जनाएको छ । 

विशेष सुरक्षाका साथ दुईवटा मतदान केन्द्रमा अहिले मतदान भइरहेको बताइएको छ । त्यहाँ एक हजार ६३९ मतदाता रहेका छन् । 

यादवको मृत्यु भएपछि संशोधित निर्वाचन कार्यक्रमअनुसार वडा नं १५ मा राजपा, नेपालका तर्फबाट वडाध्यक्ष पदका लागि जशकरण मण्डलले असोज ३ गते आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको थियो । 

यसअघि असोज २ गते राजविराज नगरपालिकाको १५ वडाबाहेक अन्य वडामा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भइसकेको निर्वाचन कार्यालयले जनाएको छ ।. 

सो वडा नं १५ मा आज बिहान ७ देखि साँझ ५ बजेसम्म निर्वाचन हुने निर्वाचन अधिकृत महेशकुमार ठाकुरले जानकारी दिनुभयो । 

यसैबीच, सम्पन्न भएका वडाहरुको मतपेटिका जिल्ला खेलकुद विकास समितको हलमा कडा सुरक्षाका साथ राखिएको र वडा नं १५ को मतदान सकिएपछि राजविराज नगरपालिकाको मतगणना आजैदेखि शुरु हुने सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जानकारी दिनुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी